scheduleआइतवारबैशाख ५ गते, २०७८

कपाल लामो बनाएर आफ्नै गिनिज रेकर्ड तोडिन् निलांशीले

नयाँ दिल्ली, ९ माघ । १७ वर्षीया निलांशी पटेलले संसारको सबैभन्दा लामो कपाल बनाउँदै आफ्नो पुरानो गिनिज रेकर्ड तोडेकी छिन् ।

हालसालै उनले संसारको सबैभन्दा लामो कपालका लागि फेरि एकपटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएकी हुन् । छिमेकी राष्ट्र भारको गुजरातमा पर्ने मोडासाकी उनको कपाल ६ फुट ३ इञ्च लामो छ ।

उनले पछिल्लो ११ वर्षदेखि कपाल काटेकी छैनन् भने उनले ट्रिमिङ पनि बन्द गरेकी छिन् । ६ वर्षको उमेरमा घटेको एउटा घटनापछि उनले कपाल नकाट्ने निर्णय गरेकी थिइन् ।

६ अगस्ट २००२ मा जन्मिएकी निलांशीले पहिलोपटक नोभेम्बर २०१८ मा गिनिज बुकमा नाम लेखाएकी थिइन् । इटलीमा आयोजित एक कार्यक्रमको क्रममा उनको कपालको लम्बाई ५ फुट ७ इञ्च थियो । उनले अर्जेन्टिनाकी एक किशोरीको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएकी थिइन् ।

सेप्टेम्बर २०१९ मा ६ फुट ३ इञ्चसम्म बढेपछि उनले दोस्रोपटक गिनिज बुकमा नाम लेखाएकी हुन् । मोडासामा रहेको सायरा गाउँ निवासी शिक्षक दम्पत्ति ब्रिजेश पटेल र कामिनबेल पटेलका एक्ली छोरी निलांशी मोडाा अहिले विज्ञान विषय लिएर कक्षा १२ पढिरहेकी छिन् ।

६ कक्षा पढ्दा हेयर ड्रेसरले कपाल बिगारेर काटिदिएपछि उनले त्यसपछि कपाल नकाट्ने निर्णय गरेकी थिइन् । मानिसहरुले एकदमै मनपराउने र आफूलाई सेलिब्रेटीजस्तो व्यवहार गर्ने उनको अनुभूति छ । उनी जहाँ पुग्छिन्, त्यहाँ उनीसँग सेल्फी लिनेहरुको लाइन लागिहाल्छ ।

लामो कपालले भुईं नछोओस् भनेर उनी हाई-हिल स्यान्डल लगाउँछिन् । कपाललाई माया गर्ने उनले हप्तामा एकपटक नुहाउँछिन् । हप्तामा दुईपटक तेल लगाउँछिन् । कपालमा तेल लगाउन उनकी आमा कामिनीबेनले मद्दत गर्दै आएकी छिन् ।

कपाल सुकाउन उनी लामो समयसम्म घाममा बस्छिन् । हेयर ड्रायरले कपाल सुकाउँदा कपालमा क्षति हुनसक्ने डर उनलाई छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay