scheduleसोमवार आश्विन १२ गते, २०७७

मन्त्रीपरिषद् बैठकका ३२ निर्णय, जग्गा बिक्रीदेखि साझाबाट रकम फिर्तासम्म

काठमाडौं, ९ माघ । मन्त्रिपरिषद् बैठकले गरेका ३२ निर्णयहरु सार्वजनिक गरिएको छ । माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु विहीबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् ।

बैठकले नेपाल सरकारको स्वामित्त्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्न दूतावासलाई अख्तियारी दिने निर्णय गरेको छ । बैठकले साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ।

त्यस्तै बैठकले तिब्बतमा बर्षौदेखि बस्दै आएका नेपालीका लागि हस्तलिखित राहदानी परिवर्तन गर्न दिने निर्णय लगायतका निर्णय गरेको छ ।

यस्तै, जयनगर-जनकपुर-बर्दिबास रेलमार्गको जयनगर-जनकपुर-कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपालीनागरिक आपूर्ति हुन नसेकमा श्रम ऐनअन्तर्गत २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्ता छन् अन्य ३२ निर्णयहरु-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय