scheduleसोमवार आश्विन १२ गते, २०७७

सांसद दिपक मनाङ्गे पक्राउ

काठमाडौं, ९ माघ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङ्गे) पक्राउ परेका छन् । पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरीले मनाङ्गेलाई गरेको हो ।

मनाङ्गेलाई अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको हो ।

मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । गुरुङले आफूमाथि दुर्व्यवहार भएको भन्दै उजुरी बुधबार दिएका थिए ।

मिलन गुरुङले दिएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई मनाङे पक्राउ गर्न अनुमति दिएको थियो । उक्त अनुमतिपछि उनी पक्राउ परेका हुन् ।

सांसद मनाङ्गेलाई बिहीबार दिउँसो पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट प्रहरीले पक्राउ गरेको हो । हाल ‍उनलाई जिल्ला प्रहरी कास्कीमा राखिएको छ ।

‘अहिले उहाँ जिल्ला प्रहरी कार्यालय कास्कीमा हुनुहुन्छ’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले भने, ‘अब उहाँलाई यही राखेर अनुसन्धान अगाडि बढाउछौं।’

मुख्यमन्त्री कप फुटबल उद्घाटन समारोहमा भनाभन हुँदा मनाङेले मिलनलाई झापड हानेका थिए ।

घटना भएको एक दिनपछि हिजो बुधबार मिलन र मनाङेले पत्रकार सम्मेलन गर्दै आ–आफ्नो बचाउ समेत गरेका थिए । मनाङेले मिलन गुरुङ गठ भएको भन्दै झापड हानेको बताएका थिए ।

यता मिलनले आफूमाथि प्रदेशसभा सदस्यले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय