राष्ट्रियसभा : प्रदेश २ बाट नेकपाकी दाहाल निर्वाचित
काठमाडाैं, ९ माघ । राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित भएकी हुन् ।
निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उनि निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गरेकी छन् । यादव नेपाली काँग्रेस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुन् ।