scheduleबिहिवार फाल्गुन ८ गते, २०७६

बाँदर आतंक बेहोर्दै झापाली

झापा, १० माघ । झापा मेचीनगरका स्थानीय बाँदरले दुःख दिएका कारण हैरान भएका छन् । खेतबारीको अन्न र फलफूलदेखि घरमै राखेको खानेकुरा पनि बाँदरको झुण्डले खाने गरेको छ ।

 

झापा मेचीनगर ८ का ८० वर्षका नरबहादुर कुँवर बाँदरले खानेकुरा खाईदिने, आक्रमण गर्ने भएकाले समस्या भएको बताए ।

 

मेचीनगर वडा नम्बर ५ र ८ का स्थानीयलाई बाँदरले दुःख दिएको छ । दैनिकजसो ५० भन्दा बीि हुल बाँधेर आउने बाँदरका कारण फलफूल लगाउन, बिस्कुन सुकाउन र अन्नबाली भकारीमा थन्काउन समेत नपाएको किसानहरुको दुःखेसो छ ।

 

केहि महिना यता बाँदरले दुःख दिने गरेको भएपनि स्थानीय सरकारले नियन्त्रणका लागि खासै चासो नदिएको नागरिकको आक्रोश छ । तत्काल बाँदर नियन्त्रण गर्न नसके बसाई सरेर अन्तै जानु पर्ने स्थिति आएको स्थानीयबासी बताउँछन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय