scheduleबुधवार जेष्ठ १४ गते, २०७७

बगदादमा विदेशी हस्तक्षेपविरुद्ध प्रदर्शन, ‘नो, नो अमेरिका’ नारा घन्कियो

एजेन्सी, १० माघ । इराकको राजधानी बगदादमा विदेशी हस्तक्षेप र अमेरिकी सैन्य उपस्थितिको विरोध गर्दै विशाल प्रदर्शन भएको छ ।

इस्लामिक धर्मगुरु मोक्तादा अल सदरले अमेरिकी सैन्य उपस्थितिको विरोध स्वरुप प्रदर्शन गर्न आव्हान गरेपछि शुक्रबार राजधानी बगदादमा विशाल प्रदर्शन भएको रोइटर्स समाचार संस्थाले जनाएको छ ।

Dish_Home

प्रदर्शनमा हजारौं मानिस सहभागी भएको समाचारमा उल्लेख छ । प्रदर्शनमा सहभागीमध्ये केहीले मातृभूमिका लागि मर्न तयार हुने सन्देश दिने सेतो कपडा समेत लगाएका थिए । त्यस्तै केहीले ‘नो, नो अमेरिका, नो, नो, इजरायल, नो, नो कोलोनियालिस्ट’ (अमेरिका चाहिँदै, इजरायल चाहिँदैन, उपनिवेश मुर्दावाद) लेखिएका प्लेकार्ड बोकेका थिए ।

इराकमा रहेका अमेरिकी सेनाको विरोध गर्दै बगदादको चौबाटोमा भेला भएका प्रदर्शनकारीले ‘नो, नो अमेरिका’ (हामीलाई अमेरिका चाहिँदैन, चाहिँदैन) र ‘ट्रम्प यु विल गेट आउट’ (ट्रम्प, अमेरिकी सेना फिर्ता गर) जस्ता नारा समेत लगाएका थिए ।

प्रभावशाली धर्मगुरु सदरले इराकबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने भनेर दबाब दिन सर्वसाधारणलाई प्रदर्शनमा सहभागी हुन अपिल गरेका थिए ।

सदरले इराकमा भइरहेको विदेशी हस्तक्षेपको विरोध गर्दै आएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय