scheduleआइतवार आषाढ़ २१ गते, २०७७

कोरोना भाइरसः २६ को मृत्यू, एक नेपालीसहित ९ सय १३ मा संक्रमण

काठमाडौं, ११ माघ । छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर उहानबाट फैलिएको जटिल कोरोना भाइरस नेपाललगायत विश्वभर फैलिन थालेको छ ।

नेपालमा यो रोगको संक्रमण फैलिने क्रममा एक जना नेपाली प्रभावित भएका छन् भने अन्य व्यक्तिसमेत प्रभावित हुन सक्ने भय बढेको छ । कोरोनाको संक्रमणबाट पीडित भएका ती नेपाली केही दिनअघि मात्रै उहानबाट नेपाल आएका थिए । उनी विद्यार्थी हुन् ।

ती विद्यार्थीको रगतको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । उनको नमुना परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । चिकित्सकका अनुसार संक्रमण भएको एक सातासम्म थाहा हुँदैन ।

चीनको उहान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लूएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको हो । यस्तै, चीनबाट भर्खरै फर्किएका अर्का एक जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उच्च निगरानीमा राखिएकाले उनलाई पनि कोरोना भाइरस भएको हुन सक्ने आशंका गरिएको छ ।

उनको पनि रगत परीक्षणको नमुना आज शनिबार नै हङकङ पठाउने तयारी गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २६ जनाको मृत्यु भएको छ । जसमध्ये चमेरोको मासु खाएर १३ जना, चाइनिज कोब्राको मासु खाएर नौ जना र मानिसबाट मानिसमा सरेर चार जनाको मृत्यु भएको उहान प्रान्तमा रहेका छाङ्सा युनिभर्सिटी मेडिकल कलेजका अन्तर्राष्ट्रिय कोर्डिनेटर तथा सल्लाहकार डा. रमेश आचार्यले जानकारी दिए । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय