scheduleसोमवार आश्विन १२ गते, २०७७

हालान्डको नायकत्वमा डर्टमण्डको फराकिलो जित


एजेन्सी, ११ माघ । बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा एफसी कोल्नविरुद्ध ५-१ को फराकिलो जित निकालेको छ । डर्टमण्डको जितमा विन्टर सिजनमा डर्टमन्ड भित्रिएका नर्वेका फरवार्ड अर्लिङ हालान्डले नायकको भूमिका खेले ।

हालान्डको दुई तथा राफेल गुरेरो, मार्काे रिउस र जाडोन सान्चोले गोलले डर्टमण्डको फराकिलो जित निकालेको हो । कोल्नका मार्क अर्थले सान्त्वना गोल फर्काए पनि पराजय रोक्न सकेनन् ।

खेलको पहिलो मिनेटमा राफेल गुरेरोले गोल गरे भने २९औं मिनेटमा मार्को रिउसले अर्को गोल थपे । दोस्रो हाफमा डर्टमण्डले थप ३ गोल थप्न सक्यो । ४८औं मिनेटमा कप्तान रिउसको पासमा जाडोन सान्चोले गोल गरे भने ६४औं मिनेटटमा मार्क अथले गोल गर्दै गोल अन्तर ३–१ मा झारे ।

त्यसपछि सब्सिच्युटमा मैदानमा आएका अर्लिङ हालान्ड चम्किँदा खेल ५-१ को अवस्थामा टुंगियो । खेलको ७७औं मिनेटमा र ८७औं मिनेटमा हालान्डले दुई गोल थपे । उनले पछिल्लो दुई खेलमा ५ गोल गर्न सफल भएका छन् ।

जितसँगै डर्टमन्ड १९ खेलबाट ३६ अंक जोडेर तेस्रो स्थानमा पुगेको छ । शीर्षस्थानको आरबी लेइपजिग ४० अंकसहित शीर्षस्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय