scheduleमगलवार फाल्गुन १३ गते, २०७६

लघुवित्तको दुई लाख, सिङ्गो गाउँ नै उठिबास


बारा, ११ माघ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयास्थित पूर्व टोलकी सुन्तली विश्वकर्मा लोहारले लगुवित्त वित्तीय संस्थाबाट लिएको दुई लाख रुपयाँको किस्ता र ब्याजका कारण एउटा सिङ्गो बस्ती नै उठिबासको अवस्थामा पुगेको छ ।

१० वर्ष अघि ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबाट बंगुर पालनका लागि भन्दै सुन्तलीले लिएको दुई लाख रुपैयाँको किस्ता र ब्याजले उनको परिवार लगायत सिङ्गो गाउँलाई करिब ८० लाख रुपयाँको ऋणी बनाएको छ । हरेक १५/१५ दिनमा चार हजार रुपयाँ किस्ता र ब्याज रकम बुझाउनुपर्ने शर्तमा दुई लाख रुपयाँ ऋण लिएर सुरु गरेको बंगुर पालनले सोचे जस्तो आम्दानी नभएपछि सुन्तलीले एउटा बित्तीय संस्थाको ऋण तिर्न अर्को संस्थाको साहारा लिइन् ।

फरक फरक संस्थाको १५/१५ दिनमा किस्ता बुझाउँदै जाँदा उहाँ ऋणको बोझले थिचिँदै जाँदा अहिले १२ वटा सहकारी संस्थाले उनलाई महिनामा दुई पटक किस्ता र ब्याज रकमका लागी दवाव दिन थालेको छ । सोही रकमको किस्ताका लागि आफैले सुरु गरेको बंगुर फारम सहित ६ कठ्ठा जमिन समेत गुमाएको उनका श्रीमान राजेश लोहारले बताए ।

बित्तीय संस्थाको महंगो ब्याजदरको कारण सुन्तलीले श्रीमानलाई जानकारी नै नदिई गाउँकै एक व्यक्तिसँग पटक पटक गरी नौ लाख रुपयाँ लिएको बताए । हरेक १५ दिनमा एक लाखको १० हजार रुपैयाँका दरले मिटर ब्याजमा ऋण लिनुभएका सुन्तलीलाई वित्तिय संस्था र मिटर ब्याजको दोहोरो कर्जा तिर्नुपर्ने भएपछि गाउँका अन्य महिलाका नामबाट किस्ता तिरिदिने शर्तमा पुनः वित्तीय संस्थाबाटै ऋण लिनुपर्दा समस्या भएको हो ।

समूहको किस्ता तिरिदिने सर्तमा सिङ्गो गाउँका महिलाको नाममा ऋण लिएकी सुन्तलीको खोजीमा महिलाहरु घरमै पुगेपछिमात्र उनका श्रीमानले घटनाबारे जानकारी पाए । परिवारका सबै सदस्य लगायत आफ्नै गाउँका अन्य २० जना महिलाका नममा लिएको ऋणले सिङ्गो गाउँ उठिबासको सङ्घारमा पुगेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय