scheduleमगलवार फाल्गुन १३ गते, २०७६

अमेरिकाले अन्ततः स्वीकार गर्‍यो- ‘इरानी मिसाइल हमलामा ३४ सैनिक घाइते’

एजेन्सी, ११ माघ । इरानले प्रहार गरेको मिसाइलमा परी ३४ सैनिक घाइते भएको अमेरिकाले अन्ततः स्वीकार गरेको छ ।

यसअघि अमेरिकाले इराकस्थित आफ्ना २ अमेरिकी हवाइ अखडामा भएको इरानी मिसाइल हमलामा कुनै मानवीय क्षति नभएको बताएको थियो ।

तर पेन्टागनले शुक्रबार दिएको एक जानकारी अनुसार इरानी मिसाइल हमलामा ३४ जना सैनिक घाइते भएको रोइटर्सले जनाएको छ । पेन्टागनका अनुसार ३४ जना सैनिकको मस्तिष्कमा चोट लागेको छ । घाइते सैनिक मानसिक रुपमा समेत आघात भएको समाचारमा उल्लेख छ ।

पेन्टागनका मुख्य प्रवक्ता जोनाथन हफम्यानका अनुसार ३४ घाइते सैनिकमध्ये १७ जनालाई हालसम्म मेडिकल निगरानीमा राखिएको छ । त्यस्तै ८ जना घाइते सैनिकलाई थप उपचारका लागि अमेरिका ल्याउन लागिएको हफम्यानले बताएका छन् । जर्मनीमा बाँकी ९ जनाको उपचार भइरहेको छ ।

इरानले आफ्ना वरिष्ठ जनरल कासिम सुलेमानीको हत्याको बदलामा इराकस्थित २ वटा अमेरिकी हवाइ अखडामा जनवरी ८ मा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो ।

अमेरिकी ड्रोन हमलामा सुलेमानी मारिएपछि जवाफ स्वरुप इरानले इराकको इर्बिल र अल अनवरमा रहेका २ वटा अमेरिकी हवाइ अखडामा कैयौं मिसाइल प्रहार गरेको थियो ।

उक्त हमलालगत्तै अमेरिकी राष्ट्रपतिले कुनै पनि अमेरिकी सैनिक घाइते नभएको बताएका थिए । तर वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन डाभोस पुगेका ट्रम्पले हमलाबारे सोधिएको जवाफमा ‘केही सैनिकको टाउकोमा समस्या देखिएको’ बताएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय