scheduleबुधवार फाल्गुन ७ गते, २०७६

पूजा गर्ने क्रममा माटोको ढिस्को खस्दा ३ महिला घाइते

पाल्पा, ११ माघ । कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन् ।

तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुर्दा तीनजना महिला घाइते भएका हुन् ।

घाइते हुनेमा कपिलवस्तु बाणगङ्गा नगरपालिका–९ का ७१ वर्षीय गोमा आचार्य, कपिलवस्तुकै विजयनगर नगरपालिका–४ का ५६ वर्षीय केशरदेवी खत्री र रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिका–११ देवीनगरकी ४० वर्षीया बिमला पौडेल रहेको प्रहरी चौकी अर्गलीका प्रहरी सहायक निरीक्षक धर्मबहादुर घर्तीले बताए ।

घाइतेको अहिले तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय