scheduleसोमवार आश्विन १२ गते, २०७७

वेस्ट इन्डिजका चर्चित क्रिकेटर ड्वेन स्मिथ भैरहवाबाट खेल्ने

काठमाडौं, ११ माघ ।वेष्ट इण्डिजका चर्चित क्रिकेटर ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा भैरहवा ग्लाडियटर्शबाट खेल्ने भएका छन् ।

भैरहवाले ३६ वर्षीय पूर्व अलराउण्डर स्मिथलाई यस सिजनका लागि अनुबन्ध गरेको जनाएको छ। वेष्ट इण्डिजका लागि तीनै फरम्याटमा खेलिसकेका यी भेट्र्रान खेलाडीले २०१७ मा राष्ट्रिय टोलीबाट सन्नास घोषणा गरेका थिए। उनी आइपीएलमा चेन्नाइ सुपरकिंग्सबाट खेल्ने गर्छन्।

स्मिथले नेपाल भ्रमणमा आउन आफू आतुर रहेको विज्ञप्तिमार्फत जनाएका छन्। क्लबले जारी गरेको विज्ञप्तिमा उनले भनेका छन्, ‘म नेपाल आउन आतुर छु। सबैलाई मेरो टिम भैरहवा ग्लाडियटर्शलाई सपोर्ट गर्न अनुरोध गर्दछु।’

विज्ञप्तिमा स्मिथले आफूले नेपाल र यसको भौगोलिक अवस्थाका बारेमा सुनेको समेत बताएका छन्।

यता स्मिथ टोलीमा आबद्ध भएको समाचारले भैरहवाका कप्तान शरद भेषावकरले वेष्टइण्डिज र आइपीएलका शक्तिशाली खेलाडी आफूसँग खेल्न लागेको विश्वासै नलागेको जनाएका छन्। उनको आगमनले युवा खेलाडीहरुलाई थप प्रोत्साहन मिल्ने उनले उल्लेख गरेका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय