scheduleमगलवार फाल्गुन १३ गते, २०७६

एक चक्की औषधी जसले अमेरिकालाई आर्थिक क्रान्तितर्फ डोहोर्‍यायो

टिम हारफोर्ड/गर्भनिरोधक चक्कीको विकासले सामाजिकरुपमा ठूलै परिवर्तन ल्याएको छ । यो परिवर्तनलाई सबैले महसुस गर्न सक्छन् र कसैले अस्वीकार गर्न सक्दैनन् ।

अमेरिकाकी बर्थ कन्ट्रोल एक्टिभिस्ट मार्गरेट सेंगरले वैज्ञानिकसँग यस्तो चक्की (औषधी)को विकास गर्न अनुरोध गरेकी थिइन् । सेंगरसँग महिलालाई सामाजिक र यौन स्वतन्त्रता मिलोस् र उनीहरु पनि पुरुषको बराबरी हुन सकून् भन्ने सपना थियो ।

गर्भनिरोधक चक्की बाट केवल सामाजिक क्रान्ति मात्र भएन यद्यपि बिसौं शताब्दिमा महत्वपूर्ण आर्थिक परिवर्तन पनि भयो । लापरवाहीवश हुने यौन सम्पर्कबाट गर्भवती हुनु एउटा ठूलो समस्या थियो । यसलाई रोक्नको लागि प्रेमजोडीहरु सदियौंदेखि फरक फरक तरिकाहरु अपनाउँदै आएका छन् ।

गोहीको दिसा

प्राचीन मिश्रका महिलाहरु गोहीको दिसालाई गर्भ रोक्नको लागि प्रयोग गर्दथे । महिलाहरु गोहीको मललाई यौन सम्पर्कको क्रममा हुने इन्फेक्सन र गर्भबाट बच्नको लागि प्रयोग गर्दथे । १८५० ईसापूर्वका कागजातहरुमा उक्त कुरा उल्लेख छ । गोहीको दिसा आधुनिक शुक्राणुनाशक जस्तै केही क्षारीय हुन्छ, जसको कारण यसको प्रयोग प्रभावकारी हुने सम्भावना रहन्छ ।

निचोरिएको आधा कागती

कतिपय संस्कृतिमा निचोरिएको आधा कागतीको प्रयोग गर्दा शुक्राणु नाश हुने विश्वास गरिन्छ । भेडाको मुत्रासयबाट बनेको कन्डोममा निचोरिएको आधा कागतीको प्रयोगले अस्थायी साधनको भूमिका निर्वाह गर्दछ । कागतीमा साइट्रिक एसिड हुन्छ, जसले शुक्रकिट नष्ट गर्दछ तर,  यो धैर्यतापूर्वक काम गर्न नसक्नेको लागि कामयावी हुँदैन थियो । कागतीको प्रयोग अहिले पनि कतिपय स्थानमा प्रचलनमै छ ।

अब संसार यस्तो जटिल प्रक्रियाबाट बाहिर निस्किसकेको छ । गर्भबाट बच्ने एउटा तरिका कण्डोमको प्रयोग पनि हो तर मानिसहरु यसको प्रयोग ठिकसँग गर्न जान्दैनन् । कयौंपटक यो फुट्छ र खुस्किने सम्भावना पनि हुन्छ ।

एक अध्ययनका अनुसार यौन सम्बन्धमा सक्रिय प्रत्येक १०० महिला, जसले गर्भबाट बच्न यौन पार्टनरले कण्डोमको प्रयोग गर्दछन्, उनीहरुमध्ये १८ जना गर्भवती भएका छन् ।

यसर्थ, कण्डोमभन्दा गर्भनिरोधक ट्याबलेट नै धेरै सुरक्षित हुन्छ । कण्डमको तुलनामा यसको काम नगर्ने दर ६ प्रतिशत छ । यो कण्डमसँग तुलना गर्दा तीन गुणा बढी सुरक्षित हुन्छ ।

गर्भनिरोधक ट्याबलेटका कारण महिलाहरुमा आत्मविश्वास बढेको छ । यो प्रयोग गर्ने कि नगर्ने महिलाको व्यक्तिगत निर्णयको कुरा हो । कयौंपटक तपाईलाई सेक्स पार्टनरले गर्भनिरोधक ट्याबलेट प्रयोग गरेको थाहा नै पाउनुहुँदैन ।

अमेरिका संसारको पहिलो देश थियो जसले १९६० मा गर्भनिरोधक ट्याबलेटको प्रयोग गर्ने अनुमति दिएको थियो । केवल पाँच वर्षभित्र झण्डै आधा विवाहित महिलाहरुले गर्भनिरोधक ट्याबलेटको प्रयोग गर्न सुरु गरेका थिए । तर, वास्तविक क्रान्ति त्यतिबेला सुरु भयो जब अविवाहित महिलाले यसको प्रयोग सुरु गरे । हुन त, अविवाहित महिलाहरुले यस्तो चक्की प्रयोग गर्न लामो समय कुर्नु परेको थियो ।

१९७० को दशकमा मध्य अमेरिकामा १८ देखि १९ वर्षका महिलाहरुको बीचमा गर्भबाट बच्न यो चक्की असाध्यै लोकप्रिय भयो र त्यसपछि त आर्थिक क्रान्ति नै सुरु भयो ।

अमेरिकामा १९७० सम्म कानुन, मेडिसिन, दन्त चिकित्सा र एमबिएको डिग्री पुरुषको लागि मात्रै सजिलो कुरा थियो । तर गर्भनिरोधक चक्कीको विकास भएसँगै यो क्षेत्रमा महिलाहरुको पनि शक्तिशाली प्रवेश भयो । पहिला यस्तो पढाईमा महिलाको उपस्थिति २० प्रतिशत थियो, पछि २५ प्रतिशत पुग्यो र १९८० सम्म आउँदा ती विषयमा अध्ययन सम्पन्न गर्ने महिला एक तिहाई नै पुगे ।

यो औषधीको प्रयोगपछि छात्राहरु क्याम्पस जान थालेका मात्र होइन, उनीहरुले त्यसलाई करिअर नै बनाउन सुरु गरे । चिकित्सा क्षेत्रमा महिलाको पढाईको मात्र नाटकीय रुपमा बढ्न थाल्यो । अन्य क्षेत्रमा पनि महिलाको उपस्थिति लगातार बढ्न थाल्यो ।

गर्भनिरोधक औषधीको कारण महिलामा प्रजननमाथि नियन्त्रण गर्न सक्ने शक्ति प्राप्त भयो । यसले गर्दा उनीहरुले जीवनको ऊर्जाशील समय अध्ययनमा लगाउन सके । आमा कहिले बन्ने भन्ने फैसला अब महिला आफैं गर्न सक्ने भए ।

कम्तीमा ३० वर्षसम्म आमा नबन्ने महिलाहरुको प्रवृत्ति नै बन्न थाल्यो । यसभन्दा अघि महिलाले बच्चाको कारण आफ्नो समय करियर बनाउन खर्चन सक्दैन थिए । अब यौन सम्पर्कमा सक्रिय महिलाका लागि डाक्टर, दन्त चिकित्सक वा वकिल बन्न गर्भले रोक्न सकेन । केही मानिसहरु मा करियरको लागि यौन सम्पर्कबाट बच्न सक्छन् । तर धेरै मानिसले करियरको लागि भन्दै सेक्सलाई नै बलिदानी गर्न सक्दैनन् । यी सबै कुरा आनन्दको लागि थियो, यो एकजना जीवनसाथीको खोजी पनि थियो ।

गर्भनिरोधकको औषधी बन्नुभन्दा अगाडि मानिसहरु कम उमेरमा विवाह गर्दथे । जब कुनै महिला करिअरको लागि भन्दै ३० वर्षसम्म विवाह नगरी बस्दथिन् भने उनलाई तीस कटेपछि विवाह गर्न मुस्किल हुने गर्दथ्यो । किनकी ती महिलाको समकालीनहरुको पहिले नै विवाह भइसकेको हुन्थ्यो ।

तर, गर्भनिरोधक चक्कीले पूरै सन्दर्भ नै उल्टाइदियो । अब एक अविवाहित महिला पनि गर्भ रहने डर नबोकी कन आनन्दले यौन सम्पर्कको मजा लिन सक्ने भएकी थिइन् । यसले त विवाहको ढाँचामा नै परिवर्तन ल्याइदियो । मानिसहरुले कम उमेरमा विवाह गर्न नै बन्द गरिदिए ।

अवश्य पनि अमेरिकामा १९७० को दशकमा अन्य कारणहरुले पनि परिवर्तन ल्याएको थियो । गर्भपतनको कानुन पनि त्यतिबेलै बनेको थियो र लैंगिक भेदभावविरुद्धको कानुन पनि बनेको थियो ।

नारीवादकी आन्दोलन पनि त्यतिबेलै सुरु भएको थियो । जब अमेरिकाका युवाहरुलाई भियतनाम युद्धमा पठाइयो, तब कम्पनीमा महिलालाई पनि जागिर पाउनको लागि ढोका समेत खुलेको थियो ।

बीबीसी हिन्दीबाट भावानुवाद

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय