scheduleसोमवार आश्विन १२ गते, २०७७

बेलायती राजकुमार चार्ल्सले इरानको भ्रमण गर्ने इच्छा व्यक्त गरे

एजेन्सी, १२ माघ । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयका छोरा राजकुमार चा‌र्ल्सले आफू इरानको भ्रमण गर्न इच्छुक रहेको बताएका छन् ।

बेलायतको राजगद्दीका उत्तराधिकारी समेत रहेका चार्ल्सले सनडे टाइम्स समाचार पत्रिकासँग अन्तर्वार्ता दिँदै आफू इरानको भ्रमण गर्न चाहेको बताएका हुन् ।

‘अवश्य पनि म इरान जान चाहन्छु’, चार्ल्सलाई उदृत गर्दै सनडे टाइम्सले लेखेको छ । अन्तर्वार्तामा उनले इरानको प्रशंसा समेत गरेका छन् ।

‘कैयौं शताब्दीदेखि नै इरान विश्वको महत्वपूर्ण मुलुक बन्दै आएको छ’, चार्ल्सले भने, ‘इरान र त्यहाँका मानिसले मानव ज्ञान, संस्कृति, काव्य, कलामा निकै ठूलो देन दिएका छन् ।’

तेहरान र पश्चिमी मुलुकबीच तनाव उत्कर्षमा पुगिरहेको बेलामा चार्ल्सले इरानको भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय