scheduleमगलवार फाल्गुन १३ गते, २०७६

धर्मबारे शाहरुख भन्छन्- म मुसलमान, मेरी पत्नी हिन्दू अनि छोराछोरी…

एजेन्सी, १२ माघ । बलिउड अभिनेता शाहरुख खान हालै डान्स रियालिटी शो ‘डान्स प्लस-५’ सहभागी भएका थिए । सो अवसरमा उनले आफ्ना छोराछोरीको धर्मका बारेमा खुलेर कुरा गरेक थिए ।

धर्मसम्बन्धी शाहरुखले दिएको भनाइसहितको एक भिडियो यतिबेला निकै भाइरल समेत बनेको छ ।

उक्त भिडियोमा खानले भनेका छन्- ‘ मेरी पत्नी हिन्दू हुन्, म मुसलमान हुँ र मेरा छोराछोरी हिन्दुस्थान हुन् । कैयौं पटक स्कुलमा फाराम भर्नुपर्छ जसमा धर्म उल्लेख गर्नुपर्छ ।’

‘एक पटक सानो छँदा मेरी छोरीले पापा हामी कुन धर्मका हौं भनेर सोधेकी थिइन् । मैले फाराममा हामी इन्डियन हौं भनेर लेखिदिएको थिएँ । त्यसैले कुनै धर्मको कुरा आउँदैन ।’

शाहरुखले प्रायः चाडहरूमा तस्बिर शेयर गर्छन् । उनले इद र दिवाली निकै मज्जाले मनाउने गर्छन् । गत वर्ष उनले गणेश पूजाको दिन गणेशको मूर्तिसँगै छोरा अबराम खानको फोटो शेयर गरेका थिए । उक्त फोटोले धेरैको ध्यान खिचेको थियो  । उनी इदमा पनि छोरासँगै देखिएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय