scheduleसोमवार आश्विन १२ गते, २०७७

अमित शाहलाई केजरीवालको सुझाव- दिल्लीबासीमाथि मजाक नगर्नूस्

एजेन्सी, १२ माघ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाहको नाममा एक भिडियो जारी गरेका छन् ।

केजरीवालले आइतबार जारी गरेको भिडियोमा शाहले आफूमाथि लगाएका आरोपको खण्डन गरेका छन् ।

‘दिल्लीबासीले दिल्लीमा २ लाख क्यामेरा लगाएका छन्, तपाईंले कतिवटा लगाउनु भएको छ ?’, केजरीवालले उक्त भिडियोमा प्रश्न गरेका छन् । ‘यो वर्ष हाम्रो सरकारी स्कुलको नतिजा ९६ प्रतिशत आएको छ’, उनले भने ।

‘अमित शाह दिनहुँ आउनुहुन्छ अनि दिल्लीबासीले गरेको मेहेनतको मजाक गरेर फर्कनु हुन्छ’, केजरीवालले भने ।

‘तपाईंका मानिसले दिल्लीबासीलाई बिकाउ भनेका छन् । दिल्लीबासीलाई फ्री बिजली, फ्री पानी, फ्री बस सेवा र फ्री अस्पताल मिलेकाले यस्तो भनेका हुन् ? तपाईंको केन्द्र सरकारको कारण देशमा अहिले यति धेरै महंगी छ कि सामान्य मानिसलाई जीवन गुजार्न मुश्किल परेको छ’, केजरीवालले भने ।

त्यस्तै मुख्यमन्त्री केजरीवालले दिल्लीबासी एक परिवार जस्तै गरी बसेको समेत बताए । ‘विभिन्न पार्टीका भएपनि दिल्लीमा बस्ने हामी २ करोड मानिस एक परिवार जस्तै हौं । हामी सबै दुःख सुखमा काम आउँछौं’, उनले भने, ‘अमित शाह जी म आशा गर्छु की अबदेखि तपाईंले दिल्लीबासीको मेहेनत र उपलब्धीको अपमान नगर्नुहोला ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय