scheduleमगलवार फाल्गुन १३ गते, २०७६

एट्लेटिको मड्रिडलाई लेगानेसले बराबरीमा रोक्यो

काठमाडौँ, १३ माघ । गएराति भएको स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडलाई १० खेलाडीमा सिमित लेगानेसले गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।

लिगको पुछारमा रहेको लेगानेसले एट्लेटिकोबाट अंक खोस्न सफल भएको छ । उता बार्सिलोनासँग अंकदुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ।

लेगानेसका लागि खेलको अन्तिम समयमा इभानले रातो पाएका थिए ।

एट्लेटिकोले तेस्रो स्थानमा उक्लने सुनौलो मौका गुमाएको हो ।

एट्लेटिको २१ खेलमा ३६ अंकका साथ लिगको चौंथो स्थानमा छ ।

लेगानेस १५ अंकका साथ लिगको अन्तिम स्थानमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय