scheduleसोमवार मंसिर १५ गते, २०७७

लागुऔषध र मदिरा नियन्त्रित कर्णाली प्रदेश बनाइने

काठमाडौँ, १३ माघ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई लागुऔषध निषेधित र मदिरा नियन्त्रित प्रदेश बनाइने जानकारी दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित ‘स्थानीय तहका जनप्रतिनिधिका लागि विपद्, व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले लागुऔषध कारोवार तथा प्रयोगमा पूर्ण निषेध गरिने बताएका हुन् ।

मदिराको खुला कारोवारले घरेलु हिंसाजन्य अपराध बढाएको भन्दै मन्त्री भण्डारीले विक्रेता र सेवनकर्ताको लागि निश्चित मापदण्ड बनाउने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गरे ।

“प्रदेश सरकारले प्रदेश प्रहरी गठन भइसकेपछि यसलाई अभियानकै रुपमा स्थानीय तहसम्म लैजाने सोच बनाएको छ”, उनले भने, “लागुऔषध कारोवार नियन्त्रण तथा प्रयोगकर्तालाई सुधार गर्न नसके युवामा सामाजिक विकृति निम्तिनसक्छ, त्यसैले स्थानीय र प्रदेश सरकारले सहकार्य गरेर अभियान सञ्चालन गर्नुपर्छ ।”

कार्यक्रममा कर्णालीमा विपद्को जोखिम तथा विपद् न्यूनीकरणका लागि प्रदेशले निर्माणको निर्देशिकाबारे छलफल गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay