scheduleमगलवार फाल्गुन १३ गते, २०७६

सर्लाहीको एनसेल टावरमा अज्ञात समूहद्वारा विष्फोट


एसपी यादव/सर्लाही, १३ माघ । सर्लाहीको उत्तरी चुरे क्षेत्र स्थित परवानीपुरमा रहेको एनसेल मोबाईलको टावरमा अज्ञात समूहले विष्फोट गराएको छ ।

पूर्व पश्चिम राजमार्गमा पर्ने लालबन्दी नपा १६ स्थित रहेको उक्त टावरमा गएराति १ बजेतिर विष्फोट गराईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी गराएका छन् ।

उनले भने, ‘धानखेतको बीचमा रहेको टावरमा विष्फोट गराईएको छ । विष्फोटबाट सोलार प्यानल, युपिएस तथा तारहरुमा क्षति पुगेको छ ।’ क्षतिको अवस्था हेर्दा सामान्य मर्मत गरेपछि केही समयमा नै टावर सञ्चालनमा आउन सक्ने उपरीक्षक पोखरेलले जनाए ।

विष्फोटबाट टावरमा क्षति पुगेपछि त्यस क्षेत्रका एनसेलका उपभोक्ताहरु संचार सेवाबाट सम्पर्क विच्छेद भएका छन् । विप्लव समूहले विष्फोट गराएको हुन सक्ने उपरीक्षक पोखरेलले बताए ।

गएराति ठूलो आवाजसहित विष्फोट भएपछि गाउँलेहरुले सुरक्षानिकायमा खबर गरेपछि घटना जानकारी हुन आएको बताउँदै उपरीक्षक पोखरेल भने, ‘राति नै हामी सुरक्षा निकायका प्रमुखहरु घटनास्थल पुगेर निरीक्षण गरेका थियौं ।’ साथै विप्लव समूहलाई लक्षित गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उपरीक्षक पोखरेलले जानकारी गराए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय