scheduleसोमवार फाल्गुन १२ गते, २०७६

जिदानको चौतर्फी तारिफ

काठमाडौँ, १३ माघ । रियल मड्रिड पछिल्लो समय उच्च फर्ममा रहेको छ । रियलका प्रशिक्षक जिदानले नयाँ खेलाडीहरु किन्न खासै चासो पनि देखाएका छैनन् । उनले क्लबमा रहेका खेलाडीहरुबाटै यस सिजन अगाडि बढ्न काफी रहेको बताएका छन् ।

क्लबमा रहन नचाहने खेलाडीले क्लब छोड्न सक्ने उनले बताएका छन् । स्पेनिस लिग ला लिगाको शिर्ष स्थानमा उक्लिएको रियलले बार्सिलोनासँग ३ अंकको दुरी बनाउन सफल भएको छ ।

उनको रणनीतिलाई लिएर समिक्षकहरुले प्रश्न उठाएका थिए तर, पछिल्लो समय उनको चौतर्फी तारिफ सुनिन थालिएको छ ।

जिदानले च्याम्पियन्स लिगमा पनि कमाल गर्ने अपेक्षा समिक्षकहरुले लिएका छन् ।

यस सिजन उच्च फर्ममा रियललाई ल्याउन उनले गरेको सघंर्ष नै उनको रणनीति सफल भएको समिक्षकहरुले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय