scheduleबुधवार फाल्गुन ७ गते, २०७६

कोरोना भाइरसका कारण सिंगापुरको अर्थतन्त्र प्रभावित हुने

एजेन्सी, १३ माघ । चीनबाट अन्यत्र फैलिएको नयाँ भाइरसका कारण सिंगापुरको अर्थतन्त्रमा नकरात्मक असर पर्ने त्यहाँका व्यापारमन्त्रीले बताएका छन् ।

सिंगापुरका व्यापारमन्त्री चाङ चुङ सिङले चीनबाट अन्यन्त्र फैलिएको कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र प्रभावित हुने बताएका हुन् ।

‘केही समयसम्म हालको अवस्थाले निरन्तरता पाउने देखिन्छ’, सिङले भने, ‘यसले हाम्रो अर्थतन्त्र, व्यापार र उपभोक्ताको आत्मविश्वासमाथि निश्चय पनि प्रभाव पर्नेछ ।’

डिसेम्बरको अन्त्यतिर चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस विश्वका अन्य मुलुकमा पनि फैलिएको छ । चीनमा भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै ३ हजार जना प्रभावित भएको जानकारी दिएका छन् । सिंगापुरमा पनि भाइरस फैलिएको छ । हालसम्म सिंगापुरमा ४ जना मानिस भाइरसबाट संक्रमित भएका छन् ।

पर्यटन र यात्राको प्रमुख गन्तव्यको रुपमा रहेको सिंगापुरको अर्थतन्त्रमाथि कोरोना भाइरसले नकरात्मक प्रभाव पार्ने देखिएको हो । पर्यटन क्षेत्रमाथि बढी प्रभाव पर्न सक्ने र सरकारले सहयोग उपलब्ध गराउन तयार रहेको समेत व्यापार मन्त्री सिङले बताए ।

सिंगापुरको भ्रमण गर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् । तर चीनले आवतजावतमा रोक लगाएपछि त्यहाँको अर्थतन्त्र प्रभावित हुने देखिएको समाचार माध्यमले जनाएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय