scheduleसोमवार फाल्गुन १२ गते, २०७६

खतिवडाको प्रश्न- आस्थालाई पक्राउ गरेपछि नेताहरुलाई पनि पक्राउ गर्ने कि ?


काठमाडौं, १३ माघ । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको समाजवादी पार्टीका उपमहासचिव डम्बर खतिवडाले विरोध गरेका छन् ।

गायिका राउत परिवारसँग सोमबार प्रहरीको सम्पर्कमा आएकै बेला प्रहरीले नियन्त्रण लिएको थियो । उनीविरुद्द अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रतिक्रिया दिँदै उपमहासचिव खतिवडाले भनेका छन्, ‘लाेकतन्त्रमा नागरिकले यदाकदा राज्यप्रति अलिक चर्काे बाेलेर असन्तुष्टिकाे तुष्टिकरण गर्न सक्दछन् । त्याे अपराध हैन ।’

खतिवडाको तर्कमा मनाेविज्ञानकाे भाषामा यसलाई विरेचन वा क्याथर्सिस भनिन्छ । उनी अगाडि भन्छन्, ‘यस मानेमा गायिका आस्था राउतकाे गिरफ्तारी लाेकतन्त्रविरुद्ध छ ।’

उनले प्रहरीलाई जथाभावी शब्द प्रयोग गर्ने नेताहरुलाई पनि पक्राउ गर्न चुनौति दिएका छन् । ‘एकअर्कालाई कुकुर, बिरालाे, मानसिक सन्तुलन गुमाएका, माकाफुइजस्ता शब्द प्रयाेग गर्ने शासकहरुले यति सरल कुरा नबुझ्नु दुःखद हाे,’ उनले भनेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय