scheduleसोमवार फाल्गुन १२ गते, २०७६

ग्रामी अवार्डमा चर्चित जोडी निक र प्रियंका, चर्चामा पोशाक (तस्बिरहरूसहित)

एजेन्सी, १३ माघ । प्रियंका चोपडा हलिउडमा निकै व्यस्त छन् । ग्लोबल सेलिब्रिटी भइसकेकी प्रियंकाले यसअघि बलिउडमा सबैको मन जितेकी थिइन् ।

हाल बलिउडमा पनि सबैको मन जित्ने कार्यका प्रियंकाले कुनै कसर बाँकी राखेकी छैनन् ।

आइतबार Grammy Awards 2020 मा प्रियंका आफ्ना पति निक जोनससँगै सहभागी भइन् । निक र प्रियंकाको जोडीलाई देखेर अन्य सहभागी समेत सबै एकछिन आश्चर्यमा परेका थिए ।

ग्रामी अवार्डमा पतिसँगै सहभागी हुन पुगेकी प्रियंकाको ड्रेसबारे यतिबेला चर्चा भइरहेको छ । आइभरी रंगको पोशाकमा देखिएकी प्रियंका निकै सुन्दर देखिएकी थिइन् । निकले भने खैरौ र सुनौलो रंगको पोशाक लगाएका थिए ।

निक र प्रियंकासँगै निकका दुई भाइ केबिन र जो पनि ग्रामी अवार्डमा सहभागी थिए । केबिन आफ्नी पत्नी डेनियल र जो आफ्नी पत्नी सोफीसँगै उक्त समारोहमा पुगेका थिए ।

उनीहरू सबैले सपरिवार तस्बिर समेत खिचाएका थिए । तस्बिरमा प्रियंका आफ्ना दुबै जेठानी सोफी र डेनियलसँग बसेको देख्न सकिन्छ ।

निकले ग्रामी अवार्डमा आफ्ना दाजुसँग मिलेर एक सांगीतिक प्रस्तुति दिएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय