scheduleमगलवार फाल्गुन १३ गते, २०७६

नवनियुक्त सभामुखविरुद्ध प्रदर्शन गर्ने १२ जना पक्राउ

काठमाडाैं, १३ माघ । प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ ।

अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मीलाई केहीबेर अगाडि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चरण प्रसाइँलगायत छन् ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले राष्ट्रपति कार्यालयको निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको बताए ।  पक्राउ पर्नेमा नौ पुरुष र तीन महिला छन् ।

आइतबार निर्वाचित सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका छन् । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय