scheduleबुधवार फाल्गुन ७ गते, २०७६

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, १३ माघ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाई नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

सापकोटालाई सभामुख नियुक्त नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप सभामुखमाथि   लागेको छ  ।

आइतबार पहिलो पेशी तोकिएको उक्त मुद्दा न्यायाधीश हरि फुयालको इजलासमा परेको थियो । फुयालले हेर्न नमिल्ने भई स्थगित भएको उक्त मुद्दा सोमबारदेखि न्यायाधीश मल्लको इजलासमा सुनुवाई सुरु भएको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय