scheduleसोमवार जेष्ठ १२ गते, २०७७

प्रविधिको उच्च प्रयोगले हाम्रो दिमागमा पुग्दैछ गम्भीर असर, ८ कुरामा ध्यान दिनुस्

प्रविधिको बढ्दो प्रयोगले हाम्रो दिमागलाई निकै लोसो बनाइसकेको छ । सानादेखि ठूला कुराहरु याद् राख्न हामी प्रविधिकै सहायता लिन्छौँ । हामीले आफ्नो दिमागको प्रयोग गर्न पुरै बन्द गरिदिएका छौँ, जसको सिधा प्रभाव स्मरण शक्तिमा परिरहेको छ । तार्किक क्षमता र दिमागी जटिलताहरु बाट टाढा रहँदा स्मरण शक्ति कमजोर बनिरहेको छ ।

यी त समस्याका कुरा भए, त्यसो भए समाधान के त ? ढुक्क हुनुस्, समाधान पनि छ । त्यसका लागि तपाईंले आफ्नो दैनिकीलाई नयाँ ढंगले बिताउनु पर्ने हुन्छ । जसले तपाईंको दिमागलाई चुस्त र फुर्तिलो राख्न सघाउँछ ।

Dish_Home

१. केही नयाँ
बुद्धि बढाउनका लागि पारम्परिक तरिका छाडेर केही नयाँ तरिका अपनाउने कोशिश गर्नुस् । यो नयाँ तरिका तपाईंको स्मरण शक्ति बढाउन सहयोगी हुन्छ । किनकी जब हामी केही नयाँ गर्ने कोशिश गर्छौँ त्यसले दिमागमा राम्रैसँग प्रभाव पार्छ, हामीलाई यस्तो कुरा सहजै याद रहन्छ पनि । जस्तो कि खानामा नयाँ रेसिपी अपनाउनुस्, व्यायामका लागि नयाँ तरिका अपनाउनुस् अनि आफ्नो दिनचर्यालाई थोरै परिमार्जन गरेर रोमाञ्चक बनाउनुस् ।

२. नियमित व्‍यायाम
व्यायाम शरीरलाई फिट र स्वस्थ राख्न मात्र होइन, दिमागलाई ताजा र फुर्तिलो बनाइराख्न पनि उत्तिकै आवश्यक छ । दैनिक व्यायामले दिमागलाई फुर्तिलो बनाइराख्न मद्दत गर्छ । व्यायाम गर्नाले हाम्रो शरिरमा रक्तसञ्चार सहज र नियमित ढंगले हुन्छ, साथै दिमाग सहित शरीरका सम्पूर्ण कोशिकाहरु अधिक सक्रिय हुन्छन् । यसले हामीलाई स्वस्थ रहन त मद्दत गर्छ नै दिमागी क्षमता पनि बढाउँछ ।

३. दिमागी कसरत
स्मरण शक्ति बढाउनका लागि दिमागी कसरत पनि अति आवश्यक छ । कति प्रविधिको मात्र भर पर्ने आफ्नो दिमागलाई पनि थोरै काम दिनुस् । कम्तिमा केही अत्यावश्यक मोबाइल नम्बरहरु सेटमा सेभ नगरी दिमागमा सेभ गर्नुस् । यसो गर्दा तपाईंको दिमागले काम त पाउँछ नै, स्मरण शक्ति पनि बढ्दछ । साथै दिमाग खर्चिनु पर्ने खालका खेल तथा आइक्यू प्रश्नहरुमा चासो राख्ने गर्नुस् ।

४. उत्‍सुकता जरुरी
सबै कुरालाई सामान्य तरिकाले लिनुको साटो उत्सुकताका साथ लिने गर्नुस् । नयाँ कुरा जान्न हमेसा उत्सुक रहनुस्, नयाँ ठाउँमा जाने र नयाँ काम गर्ने मौका जब मिल्छ, तब स्वीकार गरिहाल्नुस् ।

५. सकारात्मक सोच
दिमागलाई स्वस्थ र फुर्तिलो राख्नका लागि सकारात्मक सोच निकै महत्वपूर्ण हुन्छ । सकारात्मक सोचले मानिसलाई तनावबाट मुक्ति दिन्छ । जब तनावमुक्त भइन्छ, तब हाम्रो दिमागले सहज र सरल ढंगले आफ्नो काम गर्न सक्छ । तनाव र नकारात्मक सोचले दिमागी क्षमतामा ह्रास ल्याउँछ । त्यसैले तनाव दिमागको सबैभन्दा ठूलो दुश्मन हो । त्यसैले सकारात्मक सोचेर तनावबाट बच्ने कोशिश गर्नुहोस् ।

६. सन्तुलित आहार
शरीरका अन्य अंगहरुमात्र होइन, दिमागलाई स्वस्थ राख्नका लागि पनि सन्तुलित आहारको निकै महत्व छ । हामी जे खान्छौँ, त्यसको सबैभन्दा ठूलो असर दिमागी कार्यक्षमतामा पर्छ । त्यसैले स्वस्थ र पौष्टिक आहार सेवन गर्नुस् ।  खानामा ताजा फल र हरियो सागसब्जीलाई पनि समावेश गर्ने गर्नुहोस् ।

७. पुस्तक पढौँ
पुस्तक दिमागको सबैभन्दा राम्रो साथी हो । पुस्तक पढ्दा दिमागी कसरत हुन्छ, यसले स्मरण शक्ति बढाउन सहयोग गर्छ । यसका साथै अनुसन्धानबाट पनि पुष्टि भइसकेको छ कि पुस्तक पढ्ने बानीले मानसिक तनावबाट मुक्त हुन मद्दत गर्छ । यसले तार्किक क्षमता र स्मरण शक्ति दुवै बढाउँछ ।

८. भरपूर निद्रा
भरपूर निद्रा मानिसका लागि अति नै आवश्यक छ । यसले हाम्रो दिमागलाई आराम मिल्दछ । फेरि हामी निदाउँदा हाम्रो निस्क्रिय रहन्छ भन्ने होइन, सक्रिय रहने तरिकामा फरक पर्छ । दिनमा कम्तिमा ७ देखि ९ घण्टा निद्रा अति आवश्यक छ ।  ९ घण्टाभन्दा बढी सुत्नु फेरि स्वास्थका लागि प्रतिकुल हुने कुरा पनि ख्याल गर्नुपर्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय