scheduleशनिवारमाघ ३ गते, २०७७

वुहानसहित चीनका कैयौं शहरमा मास्कको अभाव

एजेन्सी, १६ माघ । सुरुमा कोरोना भाइरस देखिएको चिनियाँ शहर वुहान र त्यस वरपर रहेका अन्य शहरमा स्वास्थ्य सामग्री (मेडिकल सप्लाइ) को चर्को अभाव देखिएको छ ।

सोमबार हुबेइ प्रान्तका प्रमुख वाङ जियाओडोङले एक पत्रकार सम्मेलन गरी वुहान र त्यस वरपरका शहरमा स्वास्थ्य सामग्रीको गम्भीर अभाव देखिएको जानकारी दिएका हुन् ।

‘हरेक दिन उठेपछि कहाँबाट डिस्पोजेबल क्लोदिङ (न्यापकिन, मास्क, कागजका टावेल, इत्यादि) ल्याउने भनेर सोच्नुपर्छ’, वुहानबाट ७६ किलोमिटर टाढा रहेको एक अस्पतालका कर्मचारीले यिकाइ ग्लोबलसँग कुरा गर्दै भने, ‘हाम्रो अस्पतालमा भएका स्वास्थ्य सामग्रीले एक दिनमात्रै धान्न सकिन्छ ।’

‘मास्क र प्रोटेक्टिभ क्लोदिङ (भाइरसबाट बच्न मुख र शरीमा लगाइने वस्तु) बिना हामीले थप बिरामी भर्ना गर्न सक्दैनौं’, ती कर्मचारीले भने, ‘स्टकमा भएका सबै वस्तु सकिएका छन् र किन्ने ठाउँ कहीं छैन ।’ उनका अनुसार उक्त अस्पतालका केही कर्मचारीले रेनकोट र फोहोर राख्ने झोलाले आफ्नो जुत्ता छोप्ने गरेका छन् ।

हुयाङगाङ शहरस्थित अस्पतालका डाक्टरहरू मेडिकल सामग्रीको अभाव भएपछि कैयौं घण्टा अस्पतालमा नै बस्ने गरेका छन् । सामग्रीको बचन होस् भनेर आफूहरू अस्पतालमा नै घण्टौं बस्ने गरेको डाक्टरको भनाइ छ ।

हुयाङगाङ शहरलाई अर्को वुहान हुन नदिनका लागि सबै उपाय अपनाएको प्रान्त प्रमुख वाङले बताए ।

हाल चीनका कैयौं शहरमा विशेषगरी मास्कको अभाव देखिएको छ । एकातिर बाहिर निस्कने मानिसले मास्क लगाउनुपर्ने र अर्कोतिर मास्क उत्पादन कम्पनीले कम उत्पादन गरेकाले यस्तो अभाव देखिएको हो ।

विश्वमा नै सबैभन्दा बढी मास्क उत्पादन र निर्यात गर्ने मुलुकमा चीन पर्छ । विश्वभर प्रयोग हुने ५० प्रतिशत मास्क चीनमा नै उत्पादन हुने गर्छ ।

तर देशैभर मास्कको अभाव देखिएपछि चीन सरकारले मास्क निर्यातकर्तालाई देशमा नै मास्क बेच्न भनेको छ । त्यस्तै बाहिरबाट मास्क आयात गर्ने तयारी समेत गरिएको समाचार माध्यमले जनाएका छन् ।

यो पनिः
मास्कको मूल्य बढाएर उपभोक्ता ठग्ने चिनियाँ औषधी पसललाई करौडौं जरिवाना

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay