scheduleशुक्रवार चैत्र २८ गते, २०७६

मृत भेटिए शिक्षक

खोटाङ्ग, १६ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी घर भएका ३४ वर्षका शिक्षक सहदेव राई मृत अवस्थामा फेला परेका छन् । मझुवागढी घर भइ हाल ऐसेलुखर्क गाउँपालिका वडा नं पाँच स्थितमा रहेको शिशु माध्यमिक बिद्यालय महेश्वरीमा कार्यरत शिक्षक राइ मृत फेला परेका हुन् ।
युबराज राईको घरमा कोठा लिई बस्दै आएका राई आज बिहान नौ बजे सम्म नउठेकोले विधालयका प्रधानध्यायपकलाई बोलाई ढोका खोली हेर्दा शिक्षक राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय खोटाङ्गका प्रहरी नायव उपरिक्षक डिएसपी बामदेव गौतमले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय