scheduleआइतवारबैशाख ५ गते, २०७८

इमरानले किन भने ‘प्रधानमन्त्रीको तलबबाट घरायसी खर्च धान्न सकिन्नँ !’

एजेन्सी, १७ माघ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले केही दिन अघि आफ्नो तलबबाट घरायसी खर्च धान्न नसकेको बताएका थिए ।

हालै व्यवसायिक क्षेत्रका व्यक्तिसँगको एक अन्तर्वार्तामा खानले भनेका थिए- ‘हामीले प्रधानमन्त्रीको घरायसी खर्चमा ४० प्रतिशतले कटौती गरेका छौं । म आफ्नै घरमा बस्छु, आफ्नो खर्च आफैं व्यहोर्छु । प्रधानमन्त्रीको रुपमा मैले पाउने तलबबाट घरायसी खर्च धानिँदैन ।’

सो अवसरमा खानले विदेश भ्रमणमा आफूले यसअघिका प्रधामन्त्रले भन्दा १० गुणा कम खर्च गरेको बताएका थिए । साथै वर्ल्ड इकोनोमिक फोरमको बैठकका लागि डाभोस जाँदा आफूले हालसम्मकै कम खर्च गरेको बताएका थिए । साथी तथा व्यापारी इकराम सेहगल र इमरान चौधरीले उक्त भ्रमणको खर्च प्रायोजन गरेकाले भ्रमण कम खर्चिलो भएको उनको भनाइ थियो ।

पाकिस्तानी प्रधानमन्त्रीको तलबबारे यसपटक पनि सार्वजनिकरुपमा चर्चा हुने गरेको थियो । गत वर्षको एक समाचारअनुसार प्रधानमन्त्रीको तलब संघीय तथा प्रान्तीय मन्त्रीको भन्दा कम रहेको छ ।

समाचार अनुसार सन् २०१९ को तलबी विवरण हेर्दा प्रधानमन्त्रीले मासिक २ लाख १५ सय ७४ पाकिस्तानी रुपैयाँ पाउने उल्लेख छ । तर उक्त तलब कर तथा अन्य खर्च कटौतीपछि १ लाख ९६ हजार ९ सय ७९ मा झरेको छ ।

प्रधानमन्त्रीको तलब कम भएको चर्चासँगै सञ्चार माध्यममा खानको तलब बढ्न लागेको समाचार छापिएको थियो । प्रधानमन्त्रीको रुपमा खानले पाउने तलब बढाएर झण्डै ८ लाख रुपैयाँले बढाउने समाचारमा उल्लेख गरिएको थियो ।

तर प्रधानमन्त्री कार्यालयले खानको तलबमा कुनै वृद्धि नहुने प्रस्ट पारेको छ ।

प्रधानमन्त्री कार्यालयले खानको तलब बढाएर ८ लाख पुर्‍याउन लागेको समाचारलाई एक प्रेस विज्ञप्ति जारी गरी खण्डन गरेको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा तलब बढ्न लागेको समाचार ‘आधारहीन’ र ‘दुःखद’ भएको उल्लेख छ ।

‘प्रधानमन्त्री खानले सरकारी खर्च कटौती गर्ने अभियान आफैंले सुरु गरी तीव्रता दिइरहेका बेला यस्तो आधारहीन र कपोकल्पित खबरहरु बाहिर आउनु दुःखद हो’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay