scheduleशनिवारमाघ ३ गते, २०७७

जब सवा करोड मानिस बस्ने शहरको सडकमा ढलेका वृद्धलाई उठाउने मानिस भेटिएनन् …

एजेन्सी, १७ माघ । सुरुमा कोरोना भाइरस देखिएको चीनको वुहानबाट प्राप्त एक तस्बिरले भाइरसबाट उत्पन्न संकटलाई प्रस्टसँग बुझ्न सहयोग गर्छ ।

उक्त तस्बिरमा वुहानको एउटा सुनसान सडकमा एक जना मानिस लडिरहेको देख्न सकिन्छ । मुखमा मास्क लगाएका ती मानिसको कपाल फुलेको छ । एक हातमा प्लास्टिकको शपिङ ब्याग छ ।

तर उनी जिवित भने छैनन् । सडकमा शव देखेपछि पत्रकारले‍ प्रहरीलाई खबर गर्छन् । त्यसपछि प्रहरी र स्वास्थ्यकर्मीले ती मानिसको शवलाई उठाएर अन्यत्र लैजान्छन् ।

यतिबेला झण्डै एक करोड १० लाख मानिस बसोबास गर्ने वुहानका सडकमा मानिसहरू फ्याट्टफुट्ट बाहिर निस्किरहेका छन् । तर कोरोना भाइरसको त्रासका कारण कोही पनि सडकमा मृत लडिरहेका व्यक्तिसामु पुग्न डराएको तस्बिरले झल्काउँछ ।

उक्त शव एएफपीका पत्रकारले बिहीबार बिहान एउटा बन्द फर्निचर स्टोर अगाडि देखेका थिए । लगत्तै पत्रकारहरूले प्रहरीलाई खबर गरेका थिए ।

केही समयपछि प्रहरी र स्वास्थ्यकर्मी आएर ती व्यक्तिको शवलाई निलो ब्ल्याङ्केटको शवले ढाकेर उठाएका थिए । तर ६० वर्ष नाघेका जस्तो देखिने ती व्यक्तिको ज्यान कसरी गयो भन्ने कुरा समाचारमा उल्लेख गरिएको छैन् ।

मेडिकल सुट लगाएर शव उठाउन पुगेका प्रहरी र मेडिकल स्टाफ तथा केही पैदल यात्रुको प्रतिक्रियाबाट वुहानमा भाइरसको संत्रास कति छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

पछिल्लो विवरण अनुसार चीनको हुबेइ प्रान्तमा मात्रै २०४ जनाले ज्यान गुमाएका छन् भने उक्त प्रान्तमा ९ हजार ६ सय ९२ जना संक्रमित बनेका छन् ।

नयाँ भाइरस चीनबाट अन्यत्र मुलुकमा पनि फैलिएको छ । हालसम्म २२ मुलुकमा भाइरसबाट संक्रमित मानिस फेला परेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay