scheduleमगलवार चैत्र २५ गते, २०७६

ओलीको बैठकमा अनुपस्थितिः कार्यकर्ताको आलोचनाभन्दा बढी डर कोरोनाको

काठमाडौं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको कुरा नसुनेको भन्दै केन्द्रीय सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् । बैठक उद्घाटन शत्रमा २ घन्टा लामो भाषण गरेका ‌ओलीले आफूहरुलाई बेवास्ता गरेको भन्दै केन्द्रीय सदस्यले आक्रोश व्यक्त गरेका हुन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेशन र महासचिव विष्णु पौडेलले पेश गरेको राजनीतिक प्रतिवेशनमाथि समूहगत छलफल गरेका केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई प्रश्न नसुनी कसरी उत्तर दिनुहुन्छ भनेर प्रश्न उठाएका थिए ।

Dish_Home

‘बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनु भएन, बैठकको उद्घाटनपछि उहाँ हिड्नुभयो । हाम्रो कुरा सुन्न पनि आउनुभएन । सुरुदेखि नै प्रधानमन्त्री ओली पनि सहभागी भएको भए हुन्थ्यो भनेर साथीहरुले प्रश्न उठाउनुभएको थियो,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।

सदस्यहरुले सरकार र पार्टीबारे खरोरुपमा आलोचना गरेका थिए । कतिपयले आलोचना सुन्न सक्ने क्षमता नभएको भन्दै बैठकमा प्रधानमन्त्री ओली नबसेको भन्दै आलोचना समेत गरेका थिए ।

‘प्रधानमन्त्रीज्यूमा आलोचना सुन्न सक्ने क्षमता कम छ । त्यसैले बैठकमा बसेर हाम्रो कुरा सुन्नुभएन । उहाँले पार्टी र सरबारबारे हामीले उठाएको प्रश्नको जवाफ कसरी दिनुहुन्छ खै ? उहाँले आफ्नो कुरा राख्नुभयो, हाम्रो कुरा सुन्नुभएन,’ एक केन्द्रीय सदस्यले भने ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधानमन्त्री ओलीले किन केन्द्रीय सदस्यहरुको कुरा नसुने भनेर प्रश्न गर्दा यो सूचना प्रविधिको जमाना भएकोले अध्यक्ष ओलीले बैठक लाइभ हेरिरहेको प्रतिक्रिया दिए ।

बैठकमा अध्यक्ष ओलीको उपस्थितिलाई यति धेरै चर्चाको विषय बनाइए पनि यसको रहस्य भने प्रधानमन्त्रीको स्वास्थ्य रहेको बालुवाटार स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीज्यूलाई उपचारमा संलग्न चिकित्सकहरुले नै भिडभाडमा नजान एकप्रकारको प्रतिबन्ध नै लगाएका छन् । कोरोनाबाट संक्रमणपछि उत्पन्न हुनसक्ने जोखिमबाट सचेत रहँदै यस्तो कदम चालिएको हो,’ बालुवाटार स्रोत भन्छ, ‘आलोचना त अध्यक्ष ओली बैठकमा उपस्थित भएपछि घट्न सक्थ्यो । त्योभन्दा ठूलो समस्या स्वास्थ्य नै हो ।’

स्वास्थ्य प्रतिकूल रहेपनि उनी आइतबार बिहान ११ बजे बालुवाटारमै बोलाइएको सचिवालय बैठकमा सहभागी हुनेछन् । प्रम ओलीले  लगत्तै १ बजे सभागृहमा हुने केन्द्रीय समिति बैठकमा उपस्थित भएर बोल्न चाहेका छन् ।

नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा ४४१ केन्द्रीय सदस्यको प्रतिनिधित्व हुनेगरी १५ जना टोली नेताले समूहमा उठेका विषयहरु राखिसकेका छन् ।

त्यस्तैगरी सात वटै जिल्लाका अध्यक्ष र अनुशासन आयोग, लेखा आयोगलगायतका सदस्यहरुले नेतृत्वलाई आफ्नो रिपोर्टिङ सुनाइसकेका छन् । आइतबार सचिवालय बैठक बसेपछि नेतृत्वले केन्द्रीय समिति बैठकमा जवाफ दिने कार्यक्रम छ ।

यो पनि-

कोरोना भाइरसको आतंक सबैभन्दा बढी बालुवाटारमा !

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय