scheduleमगलवार चैत्र २५ गते, २०७६

नेकपा बैठकः अध्यक्षद्वयको प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
बुधबारबाट काठमाडौंमा जारी बैठकको अन्तिम दिन आइतबार बसेको बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको हो ।  बैठकमा उठेका सवालहरुबारे अध्यक्ष प्रचण्डले जवाफ दिएका थिए ।
आइतबारको बैठकमा बोल्दै प्रचण्डले ‘चीनलाई घेर्ने’ भन्ने शब्दावली प्रतिवेदनबाट हटाउनेएमसीसीबारे अध्ययन गर्न झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाउने निर्णय सुनाएपछि प्रतिवेदन सर्वसम्मत पारित भएको हो ।
बैठक समापन लगत्तै आइतबार साँझ प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रात्रिभोजको आयोजना गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय