scheduleमगलवार कार्तिक ११ गते, २०७७

अन्ततः नेकपाको उपाध्यक्ष बने वामदेव

काठमाडौं, १९ माघ । नेकपाको जारी केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।

बैठकमा केही नेताहरुले उक्त निर्णयको विरोध गरे पनि आइतबार उनलाई पार्टीको उपाध्यक्ष घोषणा गरिएको हो ।

यसअघि बैठकमा बोल्नेक्रममा केन्द्रीय सदस्यहरुले नेतृत्वले आफ्नो गुट बलियो बनाउन वामदेव गौतमलाई उपाध्यक्ष बनाउन लागेको भन्दै विरोध गरेका थिए । ‘यदि उपाध्यक्ष पद सिर्जना खडा गर्ने हो भने माथिदेखि तलसम्म बनाउनुपर्छ, नेताहरुले आफ्नो गुटलाई बलियो बनाउन उपाध्यक्षको खेलमा लाग्नुहुँदैन भन्ने कुरा हाम्रो समुहबाट नेतृत्वलाई रिपोर्टिङ भएको छ,’ एक टोली नेताले समूहको रिपोर्टिङ गर्दै भनेका थिए ।

यसअघि पुष ६ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको थियो ।

नेकपाको  साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । स्थायी समिति बैठकको निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदन गराउन बाँकी थियो ।

केन्द्रीय समितिले उक्त निर्णय पारित गरेसँगै नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएको टिप्पणी सुरु भएको छ । गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला नेकपाले यस्तो निर्णय गरेको हो ।

यसअघि उनले संगठन विभागको नेतृत्व मात्र पाइसकेका छन् । उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्ताव समेत निर्णयमा रुपान्तरण भइसकेको छ ।  यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टीभित्र बलिया बनेका छन् ।

दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुगेका थिए।

गत स्थायी समिति बैठक (मंसिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राखेका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay