scheduleबिहिवार चैत्र २० गते, २०७६

‘सिंगल’ हुनुको पीडाः ‘डेटिङ पार्टनर’ खोज्न भन्दै यस्तो सम्म गरेपछि..

एजेन्सी, १९ माघ । डेटिङ प्रेमको पर्याय नै बनिसकेको छ । डेटिङबिना कुनै पनि प्रेम सम्बन्ध अधुरो बन्छ । कतिपयले डेटिङका लागि मात्रै भनेर अस्थायी पार्टनर बनाएका छन् । किनभने ‘सिंगल’ हुँदा एकातिर मन खिन्न हुन्छ भने अर्कोतिर नियमित डेटिङ जाने साथीहरूले उडाउँछन् ।

डेटिङका लागि पार्टनर खोज्न भने त्यति सजिलो छैन । केही न केही प्रयास नगरी पार्टनर पाउन प्रायः असंभवन नै छ । तर एकजना पुरुषले डेटिङ पार्टनर खोज्न अपनाएको जुक्ति सुन्दा जो कोही पनि एक पटक हास्छन् ।

Dish_Home

बेलायतका मार्क रोफेले डेटिङ पार्टनर खोज्न भन्दै एउटा जुक्ति अपनाएका छन् । सुन्दर महिलाहरू आफूसँग डेटिङ गर्न आउन भनेर उनले म्यानचेस्टरको मुटुमै एउटा ठूलो बिलबोर्ड (सूचनापाटी) नै खडा गरेका छन् ।

हाल ३० वर्ष उमेरका मार्कले झण्डै एक वर्षभन्दा बढी ‘सिंगल’ भएपछि नयाँ जुक्ति निकालेको बताउँछन् । आफ्ना सबै साथीको विहे भइसकेको तर आफूलाई भने डेटिङ गर्ने साथी पाउन पनि मुश्किल भएपछि उनले सूचनापाटी खडा गरेर आफ्नो विज्ञापन गरेका हुन् ।

हुन त आजभोलि टिन्डरबाट पनि डेटिङ पार्टनर खोज्न सकिन्छ । तर मार्कले आफ्नो टिन्डर प्रोफाइलको सट्टा सार्वजनिक स्थानमा सूचनापाटी राखेर आफ्नो विज्ञापन गर्ने निधो गरेका छन् ।

मार्कले ४ सय २५ पाउण्ड खर्च गरेर ३ मिटर लामो र ६ मिटर चौडा सूचनापाटी बनाएका छन् । उक्त सूचनापाटीमा उनले आफ्नो विज्ञापन निकै आकर्षक तरिकाले गरेका छन् ।

म्यान्चेस्टरमा रहेको उक्त सूचनापाटीको विज्ञापनमा मार्क छड्के परेर बसेको देख्न सकिन्छ । चश्मा लगाएको उनले फोटोसँगै विज्ञापनमा लेखिएको छ- ‘एक्लै हुनुहुन्छ ? (Single ?) मार्कसँग डेटिङ गर्नुहोस् । तपाईंले यस्तै विज्ञापन खोज्नु भएको होला’ ।

सूचनापाटीमार्फत् आफ्नो विज्ञापन गरेको २४ घण्टामा नै १२४ जना महिलाले डेटिङका लागि निवेदन दिएको मार्कले बताए । शेफिल्लडमा बस्दै आएका उनले अन्य पुरुषभन्दा आफू फरक हुन चाहेर सूचना पार्टी किनेको समेत सुनाए ।

‘हालसम्म १०० जनाले निवेदन दिएका छन् र दुःखको कुरा यसमध्ये आधा संख्या पुरुषको छ’, ६ फिट अग्ला मार्कले हाँस्दै भने, ‘तर पनि सबैले मेरो गुनगान गाइरहेका छन् ।’

डेटिङ एपबाट कुनै उपाय नलागेपछि सूचनापाटी नै राख्नुपरेको समेत मार्कले बताए । ‘म लामो समयदेखि एक्लै छु, मेरा धेरै साथीको विहे भइसकेको छ भने कोही साथीहरू लामो समयदेखि प्रेम सम्बन्धमा छन्’, उनले भने, ‘मैले डेटिङ एप्पबाट पनि प्रयास गरेको थिएँ तर केही उपाय लागेन । त्यसैले नयाँ कुरा गरेर अरुभन्दा फरक देखिनका लागि पनि सूचनापाटीमा आफ्नै विज्ञापन गरेको हुँ ।’

मार्कले गत हप्तादेखि म्यान्चेस्टरको मुटुमा नै सूचनापाटी राखेका छन् । उक्त सूचनापाटीलाई प्रत्येक हप्ता ४ लाख ६२ हजार मानिसको नजरमा पर्छ ।

बेलायतकै एउटा ठूलो शहर भएकाले म्यान्चेस्टरमा नै सूचनापाटी राखेको मार्कले सुनाए । धेरै मानिस आवतजावत गर्ने र घरबाट नजिक भएकाले पनि त्यही राखेको उनको भनाइ छ ।

हालसम्म ३ जनाभन्दा बढी महिलालाई चुम्बन गरेको बताउने मार्कले मार्केटिङ कम्पनीमा काम गर्छन् । त्यसैले डेटिङ पार्टनर खोज्नका लागि आफूले सुरु गरेको कदम सही भएको उनको तर्क छ ।

आफूलाई निकै हेण्डसम र भद्र’ भन्ने मार्कले एउटा वेभसाइट पनि खोलेका छन् जहाँ इच्छुकले डेटिङका लागि आवेदन दिन सक्छन् ।

मार्कलाई सूचनापाटीमार्फत आफ्नो विज्ञापन गर्ने कुरा खर्चिलो छ भन्ने थाहा छ । त्यसैले उनले एउटा मात्रै सूचना पार्टीबाट भने जस्तो डेटिङ पार्टनर नपाइने पनि हुन सक्ने भएकाले थप सूचनापाटीका लागि पैसा संकलन गर्न भन्दै अर्को वेबसाइट पनि खोलेका छन् ।

डब्लिन, एडिनबर्ग, बर्मिङघम, कार्डिफ, लिड्स, शेफिल्ड, पोर्टमाउथ, ब्रिसल र लण्डनमा पनि सूचनापाटी राख्न पुग्ने रकम वेबसाइटबाट जम्मा गर्न सकिने कुरामा मार्क ढुक्क देखिन्छन् ।

‘यदि एउटा मात्रै सूचनापाटीले पुगेन भने थप्नुपर्ने बाहेक अन्य उपाय छैन नि ?’, मार्कले भने ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय