scheduleबिहिवार चैत्र २० गते, २०७६

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् मानिसहरु ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला  फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी बोल्न थालेपछि माहौल नै फरक हुने गर्छ । रक्सी पिएपछि मानिस किन यसरी अंग्रेजी बोल्छन् त ?

बेलायतमा गरिएको एक अध्ययनले यसको कारण पत्ता लगाएको छ । रक्सी पिएपछि मानिसको आत्मविश्वास बढ्ने र तनाव बढ्ने उक्त अध्यययले देखाएको हो । अध्ययनका अनुसार आत्मविश्वास बढ्ने र तनाव घट्ने भएपछि मानिस अरुसँग नडराउने गर्छन् र फलस्वरूप मानिसले अरूसँग विदेशी भाषामा गफ गर्न सुरु गर्छन् ।

Dish_Home

अध्ययनमा संलग्न गराइएका मानिसमध्ये रक्सी पिउनेले विदेशी भाषा बोल्ने गरेको पाइएको थियो । रक्सी सेवन गर्नेले दुइटा भाषा सजिलै बोल्ने गरेको  पाइएकाे थियो । तर यससम्बन्धमा थप अनुसन्धान हुनुपर्ने भाषाविज्ञले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय