scheduleबिहिवारफाल्गुन २० गते, २०७७

आठ लाख ठगी गरेको भन्दै सांसद चौधरीविरुद्ध उजुरी

काठमाडाैं, २१ माघ । प्रतिनिधिसभामा काँग्रेसका तर्फबाट समानुपातिक सांसद पार्वता डिसी चौधरीले ८ लाख ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ । दाङको तत्कालीन गढवा गाविसका काँग्रेस उपसभापति कृष्णराज पाण्डे र लिलाबहादुर थापाले आठ लाख ठगी गरेको आरोप लगाउँदै सांसद चौधरीविरुद्ध सचिवालयमा उजुरी दिएका हुन् ।

संसद सचिवालयले उनीहरुको उजुरी सोमबार १०८० नम्बरमा दर्ता गरेको छ । पाण्डे र थापाले चौधरीले २०७४ सालमा दुई पटक गरी आठ लाख रुपैयाँ लगेकोमा पटक–पटक आग्रह गर्दा पनि फिर्ता नदिएपछि उजुरी गर्नु परेको बताएका छन् । चौधरीलाई उनको एभरेष्ट बैंकको खातामा तीन लाख र लक्ष्मी बैंकको खातामा तीन लाख गरी आठ लाख जम्मा गरिदिएको उजुरीकर्ताले उल्लेख गरेका छन् ।

विश्वासको सम्बन्धका कारण पार्टीको नेतालाई दिएको पैसा फिर्ता नगरेपछि बाध्य भएर उजुरी दिनु परेको उनीहरुको भनाई छ । महासचिव मनोहरप्रसाद भट्टराईलाई सम्बोधन गर्दै दिइएको उजुरीमा चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेकाले रकम दिलाइदिन अनुरोध गरिएको छ । काँग्रेस केन्द्रीय सदस्य समेत रहेको चौधरी दाङको लमही नगरपालिका ५ का स्थायी बासिन्दा हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay