scheduleबुधवार आषाढ़ २४ गते, २०७७

नेपाललाई सुरुवाती झड्का, पारस र ज्ञानेन्द्र ४ रनमै आउट

काठमाडाैं, २२ माघ । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा हाल नेपालले ओमानविरुद्ध ब्याटिङ गरिरहेको छ ।

नेपालले ओमानद्वारा प्रस्तुत १९८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ । तर नेपालले पहिलो खेलमा खराब सुरुवात गरेको छ । नेपालले सुरुमा नै पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाउन पुगेको छ ।

मल्लले १२ बलमा १ रनमात्रै जोडेर आउट भएका छन् । उनलाई कालीमुल्लाहको बलमा मोहम्मद नदिमले क्याच आउट गरेका हुन् ।

त्यस्तै खड्काले १४ बलमा ३ रनमात्रै जोड्न सके । उनलाई बिलाल खानको बलमा सुरज कुमारले क्याच आउट गरेका हुन् । हाल क्रिजमा शरद भेस्वाकर र दिपेन्द्र सिंह ऐरी छन् । ऐरीले ६ बलमा ५ रन बनाएर नेपालका लागि ब्याटिङ गरिरहेका छन् ।

ताजा अवस्था अनुसार नेपालले ७ ओभरको खेल सकिँदा २ विकेट गुमाउँदै १० रन जोडेको छ ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो ।

खराब सुरुवात गरेको ओमानले ५७ रन जोड्दा ५ विकेट गुमाएको थियो । तर मोहम्मद नदिम र सन्दीप गौडले पारी सम्हालेपछि ओमान खेलमा फर्किएको थियो ।

ओमानका लागि गौडले ३३ रनमा आउट भए । तर नदिम अन्तिमसम्म टिकेर अर्धशकसँगै ओमानलाई राम्रो स्कोरमा पुर्‍याएका थिए । उनी ६९ बलमा अविजित रहे ।

त्यस्तै नवौं नम्बरमा आएका नसिम खुसीले १८ बलमा दुई चौका र दुई छक्कासहित २८ रन बनाए ।

नेपालका लागि करण केसीले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीको नाममा एक विकेट रह्यो ।

तर सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन् । उनले १० ओभरको बलिङमा ४५ रन खर्चिएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय