scheduleबिहिवार कार्तिक १३ गते, २०७७

भ्रष्टाचार प्रकरणमा बाबुरामको प्रतिक्रिया- सत्ताको आडमा कोही नबचून्, म पनि विष पिउन तयार छु

फाइल फोटो

काठमाडौं, २३ माघ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरणसँग जोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको कदमको स्वागत गरेका छन् ।

विहीबार बिहान एक ट्वीट सन्देश जारी गर्दै डा. भट्टराईले सत्ताको आडमा कोही बच्न नहुने तर्क गर्दै परिआउँदा आफूमाथि पनि अनुसन्धान हुनुपर्ने संकेत गरेका छन् ।

‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान प्रयत्न स्वागतयोग्य छ,’ उनले भनेका छन्, ‘तर प्रथमदृष्टिमा यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ । हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ ।’

यो प्रकरणसँग जोडेर डा. भट्टराई र अर्का पूर्वमन्त्री माधवकुमार नेपालको नाम पनि आए पनि उनीहरुमाथि अख्तियारले कुनै कदम लिएन । यसबारे प्रतिक्रिया दिँदै डा. भट‍्टराईले भनेका छन्, ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘नीलकण्ठ’बन्न तयार छु ।’

उनले नाम जोडिएका सबैमाथि अनुसन्धान गरेर भने पनि दोषीलाई कारबाही गर्ने र निर्दोष नफस्ने वातावरण बनाउन माग गरेका छन् । उनले
अगाडि भनेका छन्, ‘तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् । वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् ।’

यो पनि-
विष्णु पौडेलविरुद्ध किन दायर भएन मुद्दा ? अख्तियारले खुलायो कारण
गच्छदारको सांसद् पद निलम्बित
बालुवाटार जग्गा प्रकरण : बाबुराम भट्टराई र माधव नेपाल विरुद्ध मुद्दा नचल्ने

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay