scheduleबिहिवार चैत्र २० गते, २०७६

कोरोनाको त्रासः वैवाहिक समारोहमा कोही पनि आउन नमानेपछि …

एजेन्सी, २३ माघ । योजनाअनुसार नै विवाह हुनुपर्छ भन्ने छैन । तर चीनमा घातक कोरोना भाइरसको त्रास बढिरहेको बेला यसले एक विवाह समारोहलाई समेत प्रभावित पारेको छ ।

समाचार अनुसार आफ्नो विवाहको केही दिन पहिला सिंगापुरमा बस्दै आएका जोसेफ यू र उनकी पत्नी काङ टिङ चिनियाँ नयाँ वर्ष मनाउन चीन गएका थिए । त्यसपछि उनीहरू चीनबाट फर्किए र विहे समारोहको आयोजना गरे ।

Dish_Home

तर विवाहमा बोलाइएका जन्ती (अतिथि) ले कोरोना भाइरसका कारण चिन्ता व्यक्त गर्दै विवाह समारोहमा आउन मानेनन् ।

अतिथिको चिन्ता हटाउन भन्दै जोसेफ र काङ टिङले नयाँ तरिका खोजे । दुलाहा र दुलहीले आफूहरू विवाह समारोहबाट टाढै रहने फैसला गरे । दुबैजनाले अतिथिले भरिएको हलबाट विवाह समारोहको लाइभ स्ट्रि पनि गरे ।

जोसेफ र काङ टिङले भिडियो कलमार्फत विवाह समारोहमा उपस्थित अतिथिसामु आफ्नो विवाहबारे भाषण गरे । र भिडियो कलमार्फत् नै सबै अतिथिले उनीहरूलाई बधाइ तथा शुभकामना सन्देश दिए ।

दुलही काङ टिङको घर चीनको हुनान प्रान्तमा छ । उनी र जोसेफ चिनियाँ नयाँ वर्ष लुनर यिअर मनाउनका लागि सिंगापुरबाट २४ जनवरीमा चीन गएका थिए । ३० जनवरीमा उनी र काङ टिङ फेरि सिंगापुर फर्किए ।

फेब्रुअरी २ मा उनीहरूको विहे तय भएको थियो । विवाह समारोहका लागि सिंगापुरको एम होटल विशेष अतिथिका लागि भनेर बुकिङ गरिएको थियो ।

जोसेफले आफू हुनान प्रान्तबाट फर्केपछि कोरोना भाइरसको निकै डर लागेको बताएका छन् । आफू हुनानको ग्रामीण इलाकामा गएकाले निकै डर लागेको भनेर उनले बिबिसीलाई बताए।

गत अक्टोबरमा नै जोसेफ र काङको विहे भएको थियो । तर त्यसबेला विवाहमा सहभागी हुन नसकेका अतिथि/आफन्तका लागि दुबै जनाले दोस्रो पटक विहे समारोहको आयोजना गरेका हुन् ।

तर जोसेफ र काङ हालै चीनबाट फर्किएको थाहा पाएपछि विहेको निम्तो पाएका अतिथिले चिन्ता जनाए । कैयौं अतिथि विवाहमा आउन मानेनन् ।

अतिथिले चिन्ता व्यक्त गर्दै विहे समारोहमा नआउने भनेपछि जोसेफले होटेललाई विहेको मिति पछि धकेल्न पनि अनुरोध गरे । तर सबै तयारी भएको भन्दै होटेलले मिति पर धकेल्न नसकिने जानकारी दियो ।

त्यसपछि जोसेफ काङले विहे गर्ने निधो गरे तर अतिथिबाट टाढै रहेर । ‘हामी दुबैले भिडियोमार्फत यसबारे कुराकानी गर्‍यौं । कतिपय अतिथिलाई यो शैली अनौठो पनि लाग्यो । मेरा मातापिता पनि यसबाट खुशी हुनु भएन तर पछि उहाँहरू पनि मन्जूर हुनुभयो’, जोसेफले भने ।

जोसेफ र काङको विहे २ फ्रेब्रुअरीमा भएको थियो । विवाह समारोहमा झण्डै १९० जना अतिथि सहभागी थिए । तर भाइरसका कारण आवतजावतमा प्रतिबन्ध लगाइएको हुनाले काङका मातापिता विहे समारोहमा आउन पाएनन् ।

यस क्रममा होटेलको कोठाबाट जोसेफ र काङले भिडियोमार्फत् सबै अतिथिलाई विहेमा सहभागी भएकोमा धन्यवाद दिए । होटेलका स्टाफले उनीहरूको कोठामा नै स्याम्पेन लगिदिएका थिए । स्याम्पेन खोलेर दुबैजनाले विवाहबारे आफ्नो कुरा राखे ।

‘हामी त्यति दुःखी न भएका छैनौं तर यसरी विहे गर्दा कताकता नमज्जा भने लागेको थियो । तर यो बाहेक हामीसँग अतिथिसामु विहे गर्ने अर्को उपाय पनि थिएन’, जोसेफले भने ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय