scheduleबिहिवार चैत्र २० गते, २०७६

छोडेर जाने श्रीमतिसँग बदला लिन छोराछोरीको हत्या

एजेन्सी, २३ माघ । एक फ्रेन्च बाबुमाथि आफ्ना २ छोराछोरीको हत्या गरेको आरोप लागेको छ ।

५५ वर्षीय ती बाबुमाथि अभियोजनकर्ताले आफ्नै छोराछोरीको हत्या गरेको आरोप लगाउँदै अदालतमा मुद्दा पेश गरेका छन् । हाल उक्त मुद्दाबारे अदालतमा सुनुवाइ भइरहेको छ ।

Dish_Home

समाचार अनुसार ५५ वर्षीय लरेन्ट एफले घाँटी थिचेर आफ्ना २ छोराछोरीको हत्या गरेका हुन् । पेशाले बिल्डर लरेन्टले घाँटी थिचेपछि  ५ वर्षीय छोरा लियो र २ वर्षीया छोरी मायाको मुखभित्र फोम कोचिदिएको मेट्रो समाचारले बताएको छ । पछि उनीहरूलाई कसैले पनि बचाउन नसकोस् भनेर उनले मुखभित्र फोम कोचेका थिए ।

श्रीमतिले छोडेर गएपछि लरेन्टले बदला स्वरुप छोराछोरीको हत्या गरेको अभियोजनकर्ताले बताएका छन् ।

अभियोजनकर्ता टिम भोन बोरिसले श्रीमतिले छोडेर गएपछि आफ्नो आत्मसम्मानमा ठेस पुगेको र त्यसैको बदला स्वरुप छोराछोरीको घाँटी थिचेर हत्या गरेको बताए ।

‘अभियुक्त लरेन्टले गत वर्षको मे ९ मा २ वर्षीया माया र ५ वर्षीय लियोको हत्या गरेका थिए’, बोरिसले भने, ‘उनले आफ्नै अपार्टमेन्टमा बेहोस नभइन्जेलसम्म दुबै छोराछोरीको घाँटी थिचेका थिए ।’ ‘पछि छोराछोरीलाई कसैले पनि बचाउन नसकोस् भनेर घाँटीभित्र फोम कोचिदिएका थिए’, उनले थपे ।

छोराछोरीको हत्या गरेपछि लरेन्टले बेडमा उनीहरूको शव निदाए जस्तो देखिने गरी राखेका थिए । उनले श्रीमति नआइन्जेलसम्म दुबै शव बेडमा नै राखेका थिए । श्रीमति आएपछि उनले श्रीमतिलाई समेत मार्ने प्रयास गरेका थिए ।

लरेन्टविरुद्धको सुनुवाइ हाल जर्मनीमा भइरहेको छ । समाचार अनुसार उनले ड्रेस्डेनमा एक बिल्डिङ फर्म सञ्चालन गर्दै आएको र उक्त फर्म आर्थिक संकटमा परेको थियो ।

दुई वर्षअघि लरेन्टकी श्रीमतिले घर छोडेकी थिइन् ।अदालतका अनुसार उनले श्रीमतिका कारण आफू समस्यामा परेको र बदला लिन खोजिरहेका थिए ।

श्रीमतिसँग बदला लिन भन्दै लरेन्टले आफूसँगै बस्दै आएका लियो र मायाको हत्या गरेको अभियोजनकर्ताले बताएका छन् । गत वर्षको मे ९ मा उनले छोराछोरीको हत्या गरेका थिए । त्यसपछि उनले एक्लै बस्दै आएकी २७ वर्षीया श्रीमति म्यारियटा एफलाई बोलाएर सोही दिन हत्या गर्ने प्रयास गरेका थिए ।

लरेन्टले मार्ने उद्देश्यले म्यारियटाको टाउकोमा कडा वस्तु प्रहार गरेका थिए । तर टाउकोमा लगाएको बाक्लो विगका कारण उनी बच्च सफल भएकी थिइन् । त्यसपछि पनि उनले म्यारियटामाथि हमला गरेको तर छिमेकीले हस्तक्षेप गरेपछि उनले हान्न छोडेका थिए ।

स्थानीय समाचार माध्यम अनुसार लरेन्टलाई गत वर्ष पोल्याण्डबाट मेथ तस्करी गरी जर्मनी ल्याउने प्रयास गरेको आरोपमा पक्राउ गरिएको थियो ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय