scheduleबिहिवार श्रावण १४ गते, २०७८

भाले गैडाको आक्रमणबाट ५ महिनाको पोथी गैंडाको मृत्यू

फाइल फोटो

चितवन, २५ माघ । चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ ।

निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो ।

मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिनुभयो । भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उनले बताए । चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडा योसँगै १५ पुगेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय