scheduleबिहिवार कार्तिक १३ गते, २०७७

ललिता निवास प्रकरणः खतिवडाका ७ प्रश्न

डम्बर खतिवडा

काठमाडौं, २६ माघ । ललिता निवास प्रकरण पछिल्लो समय थप चर्चामा छ जब अख्तियारले केही उच्च पदस्थसहित ठूलो संख्यामा भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

उक्त प्रकरणमा अख्तियारको नयाँ कदमलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको बेला राजनीतिक विश्लेषक तथा समाजवादी पार्टीका उपमहासचिव डम्बर खतिवडाले ७ प्रश्न गरेका छन् । उनले मन्त्रिलाई मात्र नभएर घटनासँग जोडिएका प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन् ।

यस्ता छन् खतिवडाका ७ सार्वजनिक प्रश्न-

१. बालुवाटारमा ५० हजार आना जग्गा पाइन्छ र नाबालकले जग्गा किन्ने निर्णय अभिभावक बिना आफैं गर्छन् भन्ने विश्वास गर्न सकिन्छ ?
२. मन्त्रीले गर्ने निर्णय निजी र दण्डनीय हुने, प्रधानमन्त्रीले गर्ने निर्णय नीतिगत र क्षम्य हुन्छ ?
३. सार्वजनिक जग्गा व्यक्तिहरूलाई लालपुर्जा बनाएर दिनु र गुठीलाइ फिर्ता गर्नु एउटै कुरा हाे ? गुठी निजी हाे ?
४.अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक संस्था हाे कि सरकार मातहतकाे कार्यालय ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग कारबाहीलाई सरकारकाे उपलब्धिमा गन्न मिल्छ ?
५. लाेकतन्त्रमा पार्टी र राज्य फरक हाे कि राज्य कम्युनिस्ट पार्टीले कब्जा गरिसक्या हाे ? संवैधानिक निकाय कुनै एक पार्टीको स्वार्थ पूर्तिकाे हतियार हुन सक्छ ?
६.अख्तियारकाे संरचनात्मक खाेट परिवर्तन गरी जनलाेकपालकाे अवधारणामा किन नबनाउने ?
७.अदुअआ यति र वाइडबढी प्रकरणमा छानबिन गर्न तयार हाेला ?

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay