scheduleआइतवार चैत्र १६ गते, २०७६

कोरोना भाइरस अमेरिकी षड्यन्त्र भएको चर्चा रुसभरि


काठमाडौं, २६ माघ । चीनमा कोरोना भाइरसको कहरका बीच संसारभर यसबारेमा विभिन्न प्रकारका चर्चाहरु चलिरहेका छन् ।

कयौंप्रकारका षड्यन्त्रकारी हल्ला र चर्चाहरु हुन अस्वभाविक होइन । यसका साथै सामाजिक सञ्जालमा पनि कोरोना भाइरसबारे विभिन्न भ्रमपूर्ण खबरहरु भाइरल बनाउने काम भइरहेको छ । रुसी मिडियो यो सवालमा थप अगाडि देखिएको छ ।

रुसी टेलिभिजनहरुमा प्राइम समयमै यस्ता समाचारहरु प्रकाशन भइरहेका छन् । ती कार्यक्रमहरुमा प्रस्तुत गरिने सामग्रीहरुको निष्कर्ष चीनमा कोरोना भाइरस फैलिनुमा शक्तिशाली पश्चिमा देशहरुको हात रहेको र अन्ततः दोषजति अमेरिकातिर लगाउने प्रयास गरिएको छ ।

Dish_Home

शनिबार एक रुसी च्यानलले कोरोना भाइरसबारे पर्दाफास गर्नेगरी कार्यक्रम बनायो जसमा चीनमाथि षड्यन्त्र भइरहेको र यसमा पश्चिमाहरुको हात रहेको चर्चा गरिएको थियो । रुसी र ल्याटिन भाषामा कोरोनाको अर्थ ताज वा मुकुट हुन्छ । रुसी च्यानलहरुले यही शब्दलाई खेलाउँदै कोरोना भाइरस चीनमा फैल्याउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका रहेको संकेत गरिरहेका छन् ।

कुल मिलाएर रुसी टेलिभिजन च्यानलहरुमा कोरोना भाइरसका बारेमा देखाइएका कार्यक्रममा जति पनि निष्कर्ष निकाएको छ, यसमा यस महामारीको पछाडी शक्तिशाली पश्चिमी देशहरुको हात रहेको र घुमाएर दोष अमेरिकालाई दिइएको छ । एक रुसी मुख्य समाचार च्यानल ‘च्यानल वान’ले साझको आफ्नो मुख्या कार्यक्रममा ‘भेएम्या’(समय)मा कोरोना भाइरस कन्स्पिरेशी थियोरीको चर्चा गर्नका लागि एक टक शो सुरु गर्‍यो । यस कार्यक्रममा रिपोर्टटिङको शैली अस्पष्ट रहेको छ अर्थात् कुनै पत्रकारिताको नैतिक धरातलमा टेकेर बनाइएको छैन ।

रुसी समाचार एजेन्सीले कोरोना र ट्रम्पलाई जोड्नुको एक कारणमा ट्रम्प थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा उपस्थित रहने गर्थे र विजेतालाई ताज पहिर्याएर सम्मानित गर्थे बताइएकाे छ । तर वास्तवमा वैज्ञानिकहरुले यस भाइरसको नाम कोरोना राख्नुको कारण हो – यसको आकृति ताज जस्तै देखिन्छ । तर भेएम्या टेलिभिजन शोको प्रस्तुतकर्ता यससँग सहमत नभएको देखिन्छ ।

कोरोनाको पछाडी ट्रम्पको षड्यन्त्र हुनसक्ने दावी गर्दै कार्यक्रम प्रस्तोता उक्त थियोरी केही अचम्म लाग्दो भएको पनि स्विकार्छन् । तर फेरी उनी एक विशेषज्ञसँग कुरा गर्छन् जसले कोरोना भाइरसलाई कसरी क्रृत्रिम रुप दिइयो र कसरी अमेरिकी गुप्तचर एजेन्सीहरु र अमेरिकी फर्मा कम्पनीहरु यसको पछि छन् भन्नेबारे बताउँछन् ।

च्यानल वानको एक संवाददाता कसरी कोरोना भाइरस खाली एसियाली मानिसमा असर गरिरहेको छ भनी इन्टरनेटमा उपलब्ध एक सिद्धान्तको दावी गरिरहेको देखिन्छ । र उनले यसलाई एक प्रकारको वंशाणु हतियार हुनसक्ने बताउँछन् ।

कोरोना भाइरस नस्लीय हतियार नभएको स्पष्ट प्रमाण भएको संवाददाता आफैँ पनि स्विकार गर्छन् तर फेरी उनी भन्छन्, ‘अहिले पनि कुनै प्रकारको आशंकालाई अस्वीकार गर्न नसिकने विशेषज्ञको भनाई छ ।’

यस कार्यक्रममा कोरोना भाइरसबारे जोडदार चर्चा र बहस हुन्छ र उनीहरुको निष्कर्ष निक्लिन्छ – कोरोना भाइरसको पछाडी कतै न कतै पश्चिमी शक्तिहरु जस्तै, फर्मा कम्पनीहरु, अमेरिका वा कुनै गुप्तचर एजेन्सी छन् ।

टेलिभिजन च्यानलबाहिरको कुरा गर्ने हो भने रुसी अधिकारीहरुका लागि कोरोना भाइरस एक गम्भिर चिन्ता बनिसकेको छ । देशमा चीनको एयर तथा रेल यात्रालाई रोकिएको छ ।

चीनमा रहेका रुसी नागरिकलाई ल्याएर दुई साताका लागि साइबेरियाको एक स्वास्थ्य केन्द्रमा राखिएको छ । मस्कोको एक चर्चमा कोरोना भाइरसबाट मोक्ष पाउनका लागि एक प्रार्थनासभा पनि आयोजना गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय