scheduleबिहिवार चैत्र २७ गते, २०७६

दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले ओस्कार अवार्डमा इतिहास रच्यो

एजेन्सी, २७ माघ । दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले यस वर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट चलचित्रको पुरस्कार हात पारेको छ ।

सन् २०२० को ओस्कार अवार्ड वितरण समारोहमा ‘प्यारासाइट’लाई सर्वोत्कृष्ट चलचित्रको प्रदान गरिएको हो । योसँगै ‘प्यारासाइट’ सर्वोत्कृष्ट चलचित्रको पुरस्कार पाउने  गैरअंग्रेजी भाषाको पहिलो चलचित्र बनेको छ ।

Dish_Home

‘प्यारासाइट’ले सर्वोत्कृष्ट चलचित्रसँगै ४ वटा ओस्कार अवार्ड जितेको छ । बेस्ट इन्टरनेशनल फिचर फिल्म, बेस्ट ओरिजिनल स्क्रिनप्ले र बेस्ट डाइरेक्टरको पुरस्कार पनि ‘प्यारासाइट’लाई प्रदान गरिएको छ । फिल्मका निर्देशक बोङ जुन होलाई सर्वोत्कृष्ट निर्देशकको पुरस्कार प्रदान गरिएको हो ।

ओस्कार पुरस्कार जित्न सफल पहिलो कोरियाली चलचित्र ‘प्यारासाइट’ गत वर्षको मे महिनामा रिलिज भएको थियो । यो चलचित्र ब्ल्याक कमेडी थ्रिलर फिल्म हो । रिलिज भएपछि फिल्मले विश्वभर १६७.६ मिलियन अमेरिकी डलर कमाएको थियो ।

यता यस वर्ष उत्कृष्ट अभिनेताको पुरस्कार ‘जोकर’का लागि जोआकुइन फिनिक्स र उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘जुडी’ रेनी जेलवेगरलाई प्रदान गरिएको छ ।

त्यस्तै फिल्म ‘वन्स अपअन अ टाइम इन हलिउड’ का लागि ब्राड पिटले सर्वोच्कृष्ट सहअभिनेताको पुरस्कार हात पारेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय