scheduleबिहिवार चैत्र २७ गते, २०७६

जब बप्पी लहरीले गाए नेपाली राष्ट्रिय गीत (भिडियोसहित)


काठमाडौं, २७ माघ । भारतीय सुप्रसिद्ध गायक बप्पी लहरीले आवाज दिएको राष्ट्रिय गीतको म्युजिक भिडियो एक कार्यक्रमका बीच आइतबार दमौलीमा विमोचन गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष प्रदीप काफ्लेले रचना गरेको उक्त राष्ट्रिय गीतको म्युजिक भिडियोको वरिष्ठ पत्रकार एवं देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरेले विमोचन गरेका हुन् । भारतीय गायक लहरीले स्वर भरेको यो नै पहिलो नेपाली गीत रहेको रचनाकार काफ्लेले बताए ।

दुई देशबीचको कला, संस्कृति र सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले गीत रचना गरिएको गीतका रचनाकार एवं पत्रकार काफ्लेले जानकारी दिए । राष्ट्रियता प्रति ओतपोत रहेको उक्त गीत अहिलेको अवस्थामा सान्दर्भिक रहेको चर्चा गर्दै उनले गीतको माध्यमबाट राष्ट्रभक्ति दर्शाउन खोजिएको बताए ।

Dish_Home

म्युजिक भिडियोको विमोचन गर्दै वरिष्ठ पत्रकार घिमिरेले राष्ट्र, राष्ट्रियता र सङ्गीत एकअर्कासँग सम्बन्धित रहेको चर्चा गर्दै गीतको माध्यमबाट राष्ट्रियता झल्काउने प्रयास सराहनीय रहेको चर्चा गरे । घिमिरेले लोकतन्त्रमा मात्रै राष्ट्रियता बलियो हुने भएकोले नेपालको राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी नेपालीको रहेको उल्लेख गरे ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गीतको माध्यमबाट राष्ट्रियताप्रति सकारात्मक भावना जगाउने उद्देश्य सकारात्मक रहेको चर्चा गरे । म्युजिक भिडियोका निर्देशक एवं कलाकार निर्मल शर्माले राष्ट्रियताको सवालमा जुनसुकै देशका गायकले गीत गाउँदा पनि फरक नपर्ने मान्यता रहेकोले भारतीय प्रख्यात कलाकारको आवाज राखिएको जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यले राष्ट्रियताप्रति ओतप्रोत रहेको गीतले नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

गीतमा ‘फरक छ भाषा फरक संस्कृति, एउटै छ आकाश एउटै छ धर्ती, जहाँ रहेपनि जहाँ भएपनि हामी एउटै धर्तीका सन्तान, यही हो हाम्रो शान’ शब्द समेटिएको छ । उक्त गीतमा विवि अनुरागीले सङ्गीत भरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय