scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन, के भन्छन् निर्देशक श्रेष्ठ ?

काठमाडौं, २६ माघ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चनपछि बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन सुरु भएको छ । राराहिल मेमोरियल स्कूल कीर्तिपुरको नाटक राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा माघ २६ गते आइतबारदेखि नियमित मञ्चन सुरु भएको हो ।

रङ्गकर्मी केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक ‘करेसा कन्सर्ट’ यसअघि नेपालबाट प्रतिनिधित्व गर्दै कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भारतमा विश्व प्रिमियिर गरिएको थियो । साथै माघ २३ गते राष्ट्रिय बालनाटक महोत्सव नेपालमा पनि मञ्चन भएको थियो ।

Dish_Home

३ देखि १३ वर्ष उमेर समूहका बालबालिकाका लागि विशेष लक्षित गरेर तयार पारिएको नाटकमा अभिनय पनि बालबालिकाले नै गरेको छ । यसर्थ निर्देशक केदार श्रेष्ठका अनुसार नाटक ‘करेसा कन्सर्ट’ विशुद्ध बालनाटक हो साथै बाल सहभागितामूलक नाटक पनि हो ।

नाटकमा नसना महर्जन (खुर्सानी र साग), सविना सेन (प्याज र लौका), ओसिन राई (धनियाँ), लकस महर्जन (फर्सी), सुधा खनाल (तीतेकरेला), आशियाना रायमाझी (गोलभेडा), कविना रोक्का (मुला), विजया पाण्डे (काँक्रो), सुजाता भट्ट (लसुन) र मञ्जु महर्जन (अदुवा) ले अभिनय गरेका छन् ।

करेसाबारीमा भएका तरकारीनज्य पात्रहरु फर्सी, साथ, लसुन, गोलभेडा, प्याज, लौका, मुला, धनियाँ, खुर्सानी, अदुवा आदिमार्फत कथा बुनिएको छ । यी पात्रहरुको मपाईत्वले निम्त्याएको वैमनस्यता र झैझडाबाट सुरु हुने कथा मेलमिलाप र सदभावमा पुगेर टुंगिन्छ ।

हरेक तरकारीबीच अस्वस्थ प्रतिस्पर्धा, घोचपेचबाट करेसाबारीमा सामाजिक समस्या उत्पन्न भएपछि करेसाबारीका मुखिया फर्सीले करेसाबारीमा एक कार्यक्रमको आयोजना गरेर समस्या समाधान गर्ने जुक्ति निकाल्छन् । उनले एक परिचयात्मक कार्यक्रम गर्दै सबैलाई आफ्नै बारेमा जतिसक्दो बढी कुरा भन्न र आफ्नै गुनगान गाउन लगाउँछन् । त्यस कार्यक्रममा सबैले आफ्नो बारेमा विभिन्न प्रस्तुतिसहित आफ्नो महत्व र विशेषताबारे बोल्छन् । कार्यक्रम सकिदासम्म सबैले सबैको अस्तित्व बोध गर्दै करेसाबारीमा सबैको उत्तिकै भूमिका र महत्व भएको निश्कर्ष निकाल्छन् र खुशी हुन्छन् ।

नाटक ‘करेसा कन्सर्ट’बारे निर्देशकका कुरा

 नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारीहरुले आफ्नो महत्व र विशेषताहरुबारे चर्चा त गर्छ नै । त्यसका साथै ती तरकारी पात्रहरुमार्फत नेपाली समाजको बेमेल, रुढी, भेलभाव, वैमन्स्यता, अहम्ता आदिलाई पनि चित्रण गरेको छ । यसर्थ यो बालनाटक सँगै सामाजिक यथार्थवादी नाटक पनि हो । यसमा मानव समाजको कथा पनि भेटिन्छ भने तरकारी पात्रमार्फत तरकारीहरुको विशेषता र महत्वको सन्देश पनि बुनिएको छ ।

नाटकमा बालबालिकालाई सहभागी गराउँदैमा त्यो बालनाटक हुँदैन । अझ बालनाटक मूलतः वयस्क र अनुभवी कलाकारहरुले बालबालिकाका लागि गरिदिने नाटक हो । बालनाटक हुन विषयवस्तु र प्रस्तुति पनि बालबालिका केन्द्रित हुनु जरुरी छ । यसर्थ यो नाटक बाल सहभागितामूलक नाटक त हो नै साँच्चिकै बालनाटक पनि बनाउने प्रयत्न गरेको छु ।

यस कथा १० वर्ष अघि रुम टु रिडले ‘करेसाबारीका जडिबुटीहरु’ नामको मेरो पुस्तक प्रकाशित गर्दै नेपालका अधिकांश सामुदायिक विद्यालयको पुस्तकालयसम्म पुर्‍याइरहेको छ । ३० हजारभन्दा बढी प्रति प्रकाशित यसको हाल चौथो संस्करण प्रकाशित छ । यसै पुस्तकले २०६६ को राष्ट्रिय बाल चित्र पुरस्कार पनि प्राप्त गरेको थियो । सोही पुस्तकको मूल कथा लिएर नाटक ‘करेसा कन्सर्ट’ लेखेको हुँ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय