scheduleबिहिवारफाल्गुन २० गते, २०७७

दिल्ली विधानसभा चुनाव : मतगणना बिहान ८ बजेबाट सूरु हुँदै

काठमाडौँ, २८ माघ । नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना मंगलबार बिहान ८ बजेबाट सूरु हुँदैछ । दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरिएको जानकारी दिए ।

विद्युतीय मतदान भएकाले चुनावी परिणाम मङ्गलबार नै सार्वजनिक हुने प्रवल सम्भावना रहेको छ ।

दिल्लीको मतदान केन्द्रहरुमा खटिएका मतदान अधिकृतहरुले दिनरात लगाएर तथ्याँकहरु रुजु गरिरहेको जानकारी दिएका थिए ।

यसपटक पनि आम आद्मी पार्टीले निर्वाचन जित्ने सम्भावना बलियो रहेको एक्जिट पोलले देखाएको छ । तर, अन्तिम नतिजा नआइन्जेसम्म केही भन्न नमिल्ने अवस्था रहेको छ ।

नयाँदिल्लीको ७० सिटका लागि भएको निर्वाचनको नतिजाप्रति सबैको ध्यान रहेको छ । चुनावपछि सार्वजनिक मतसर्वेक्षणले मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आपले दुई तिहाई स्थान जित्ने अनुमान प्रस्तुत गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay