scheduleबिहिवार चैत्र २० गते, २०७६

विद्यालयबाट घुस लिँदालिँदै पक्राउ परे वडा सदस्य र इञ्जिनियर


दमौली, २८ माघ । तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई ७५ हजार घुससहित पक्राउ गरेको हो ।

वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस/कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको समेत विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले अधिकारीद्वयलाई पक्राउ गरेको हो । उनीहरुलाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए ।

पक्राउ परेका निजहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय