scheduleबुधवार आश्विन ६ गते, २०७८

इरफान खानले फिल्म अंग्रेजी मिडियमको प्रचार गर्न नसक्ने

काठमाडौँ, १ फाल्गुन । बलिउडका चर्चित अभिनेता हुन् इरफान खान । उनले अभिनय गर्ने फिल्म भिन्न जनराका हुने गर्छन् । पछिल्लो समय उनले अभिनय गरेको फिल्म हो अग्रेजी मिडियम । यस फिल्मका लागि उनले ठुलो संघर्ष गरेका छन् । लामो समयदेखि क्यान्सरसँग लड्दै आइरहेका उनले यो फिल्म गर्न पनि लामो समय लगाए ।

उनी महिनौँ सम्म अमेरिकाको हस्पिटलमा उपचारका लागि बसे । अन्ततः उनी ठीक भएसँगै भारत फर्किए र फिल्महरुको बाँकी काम सके । अंग्रेजी मिडियम फिल्मको ट्रेलर आज रिलिज हुँदैछ ।

यस फिल्मको प्रचारका लागि आफ्नो स्वास्थ्यले नदिने उनले बताएका छन् । यस फिल्मको प्रचार अलि भिन्न शैलीमा गरिने उनले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय