scheduleबुधवार फाल्गुन ७ गते, २०७६

राजमौली र प्रभासको फिल्म नजुध्ने

काठमाडौँ, १ फाल्गुन । दक्षिण भारतीय फिल्मका चर्चित फिल्म निर्देशक एसएस राजमौली र अभिनेता प्रभासबीच राम्रो सम्बन्ध नरहेको बताइएको थियो । बाहुबली पश्चात यी दुईको सम्बन्ध खासै राम्रो नरहेको बताइएको थियो ।

पछिल्लो समय राजमौली आरआरआर फिल्मको सुटिङमा व्यस्त रहेका छन् भने प्रभास फिल्म पोंगलमा व्यस्त रहेका छन् । यी दुई फिल्म एकै दिन रिलिज हुने बताइएको थियो ।

उक्त कारण पनि उनीहरुबीच सम्बन्ध बिग्रिएको हुन सक्ने अनुमान गरिएको थियो । तर, उनीहरुबीच मित्रता रहेको र फिल्म एकैदिन रिलिज नहुने रिपोर्ट बाहिर आएको छ ।

फिल्म आरआरआर सन् २०२१ को जनवरीमा रिलिज हुनेछ भने दुई महिनापछि प्रभासको फिल्म रिलिज हुने भएको छ । उनीहरुबीच कुनै मनमुटाव नरहेको र एकअर्कालाई मदत गर्न सदा तयार रहेको उनीहरुले जानकारी दिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय